शुक्रवारको व्रत: लक्ष्मी, सन्तोषी माता र वैभवलक्ष्मीको आराधनाले समृद्धि ल्याउँछ

Image
Nisarga Hospital

हिन्दू धर्मअनुसार विशेष धार्मिक महत्व बोकेको दिन। आजको दिन सन्तोषी माता, वैभवलक्ष्मी, साथै माता लक्ष्मीका अवतारहरू—अन्नपूर्णेश्वरी र दुर्गा भवानीको विशेष पूजाआराधना गरिन्छ।

CP Hospital Dhangadhi

धार्मिक ग्रन्थहरूका अनुसार, माता लक्ष्मीको व्रत विधिपूर्वक बसेमा आर्थिक स्थायित्व, सुख–शान्ति र समृद्धिको मार्ग खुल्ने विश्वास गरिन्छ। यस दिन व्रत बस्नेहरूले प्रायः चना र सख्खरको फलाहार गर्छन् भने अमिलो पदार्थ सेवन नगर्नु अत्यावश्यक मानिन्छ।

शुक्रबार विशेष गरी तीन प्रकारका व्रत प्रचलित छन्, जसको पूजा विधि फरक–फरक हुन्छ। शास्त्रीय मान्यताअनुसार, सेतो वस्त्र धारण गरी व्रत बस्नु, घरमा खीर पकाएर गरिबहरूलाई बाँड्नु, तथा सादा र सात्त्विक भोजन गर्नु शुभ मानिन्छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

सन्तोषी माताको व्रतले श्रद्धालु पुरुष तथा महिलाहरूको मनोकांक्षा पूरा गर्ने, पारिवारिक सुख ल्याउने तथा मानसिक सन्तुलन प्रदान गर्ने विश्वास गरिन्छ।

शुक्र ग्रहको अशुभ प्रभाव कम गर्न शुक्रवारका दिन सेतो घोडाको प्रतीकस्वरूप वस्तु दान गर्नु, साथै रेशमी लुगा, चिनी, चन्दन, कपुर र सौगन्धिक वस्तुहरू अर्पण गर्नु लाभदायक मानिन्छ।

शुक्रसँग सम्बन्धित रत्न वा धातुको दानले पनि सकारात्मक ऊर्जा प्रवाह हुने जनविश्वास छ। यदि तपाईं शुक्र ग्रहको प्रतिकूल दशाबाट पीडित हुनुहुन्छ भने शुक्रवारको व्रत र पूजाले शान्ति दिलाउने जनविश्वास रहिआएको छ।

Dhnagadhi & Krishanapur