आज देखि तुलसीको पूजासँगै चतुर्मास व्रत सुरु, मन्दिरमा भक्तजनको भीड

Image
Nisarga Hospital

प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिनदेखि तुलसीको पूजा आराधना सुरु हुने धार्मिक परम्परा अनुसार आजदेखि चतुर्मास व्रत आरम्भ भएको छ। यस अवसरमा घरघरमा तुलसीको बिरुवा मोठमा सारेर चार महिनासम्म विशेष पूजा गरिने चलन छ।

CP Hospital Dhangadhi

ज्येष्ठ शुक्ल एकादशीका दिन रोपिएको तुलसी बिरुवा आज मोठमा सारिन्छ। सनातन वैदिक परम्पराअनुसार तुलसीलाई भगवान् विष्णुको प्रतीक मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीसम्म तुलसीको पूजा गरिन्छ। धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार आजको दिन हरिशयनी एकादशी भनिन्छ, जसबाट भगवान् विष्णु क्षीरसागरमा चार महिनाको शयनमा जानुहुन्छ।

एक वर्षमा २४ एकादशी पर्ने भए पनि अधिकांश भक्तजनले चतुर्मासअन्तर्गतका आठ एकादशीमा व्रत बस्ने गर्छन्। केहीले हरिशयनी र हरिबोधिनी एकादशी मात्र व्रत गर्ने प्रचलन छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

आजको दिन राजधानीको बूढानीलकण्ठ, चार नारायण मन्दिरलगायत देशभरका विष्णु मन्दिरहरूमा भक्तजनको भीड देखिन्छ। तुलसीलाई वैज्ञानिक रूपमा पनि उपयोगी मानिन्छ, जसले वातावरण शुद्ध बनाउने र रोगजन्य कीटाणु टार्ने मान्यता छ।

चार महिनासम्मको पूजा पश्चात् कार्तिक शुक्ल एकादशीका दिन तुलसी र दामोदरको विवाह गरेर चतुर्मासको समापन गरिन्छ।

Dhnagadhi & Krishanapur