गोदावरी नगरपालिकाको विपद् पूर्वतयारी योजना कार्यान्वयनका लागि सिफारिस

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको गोदावरी नगरपालिकाले मनसुनजन्य सम्भावित विपद्‌लाई ध्यानमा राख्दै तयार गरिएको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना जिल्ला विपद् व्यवस्थापन समितिबाट पारित गराई कार्यपालिकामा कार्यान्वयनका लागि सिफारिस गरेको छ।

CP Hospital Dhangadhi

आईतबार सम्पन्न बैठकमा नगर प्रमुख बिरेन्द्र भट्टको संयोजकत्वमा जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख उदयराम जैशी, वडा अध्यक्षहरू, स्थानीय विपद् व्यवस्थापन समितिका पदाधिकारी, सुरक्षा निकायहरु, रेडक्रस प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो।

nawajiwan

कार्यक्रममा संकटसन्न बस्तीको पहिचान, जोखिम वर्गीकरण, राहत तथा उद्धार सामग्रीको व्यवस्थापन, पूर्वतयारी तथा प्रतिकार्य चरण निर्धारण, विभिन्न विषयगत क्षेत्र र सरोकार निकायहरूको रोस्टर समेत तयार गरिएको जानकारी दिइयो।

Attariya Hospital

यही सन्दर्भमा गोदावरी नगरपालिका विपद् उप शाखा संयोजक तथा वडा नं. ४ का वडा अध्यक्ष हेमप्रकाश मल्लले हालसम्मका अनुभवका आधारमा नगरपालिकाले सम्भावित विपद्‌लाई मध्यनजर गर्दै आवश्यक तयारी पूरा गरिसकेको बताए। केही दिनअघि परेको अविरल वर्षाले नगरका केही भूभागमा डुबानसमेत आएको जानकारी दिँदै उनले पहाडी भेगमा पर्ने वडा नं. ४ र १२ का लागि स्थानीय स्रोतसाधन प्रयोग गरी तयारी अवस्थामा राखिएको र नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनासँग समन्वय भइरहेको बताए।

कार्यक्रममा गोदावरी नगरपालिका बिपत शाखा प्रमुख शुलचना खड्काले भनिन्, “विपद् व्यवस्थापन जस्तो संवेदनशील क्षेत्रमा पूर्वतयारीको प्रभावकारिता बजेट व्यवस्थापनमा पनि निर्भर हुन्छ। नगरपालिकाले स्रोत सीमित भए पनि प्राथमिकताका आधारमा बजेट छुट्याउने प्रयास गर्दै आएको छ।”

नगरपालिकाले सबै सरोकारवाला निकायसँग समन्वय गर्दै विपद् व्यवस्थापन कार्यलाई प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता जनाएको छ।