आज सोमबार- भगवान शिवको आराधनाको विशेष दिन

Image
Nisarga Hospital

आज सोमबार, हिन्दू पंचाङ्गअनुसार असार शुक्ल पक्षको द्वादशी तिथि हो। हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष आराधना गरिने दिन मानिन्छ। ‘देवाधिदेव’ महादेव शिवलाई समर्पित यस दिन व्रत बसी पूजाआजा गर्ने परम्परा रहिआएको छ।

CP Hospital Dhangadhi

सोमबारको व्रत सूर्य उदयसँगै सुरु भएर सूर्यास्तपछि समापन हुन्छ। बेलुकाको आरती सम्पन्न भएपछि मात्र अन्न ग्रहण गरिन्छ। पूजामा भगवान शिवसँगै माता पार्वतीको आराधना गरिन्छ भने कुनै पनि पूजाआगाडि गणेशको पूजन अनिवार्य मानिन्छ।

धार्मिक विश्वास अनुसार सोमबारको उपवासले श्रद्धालुहरूको मनोकामना पूरा हुने, ज्ञान प्राप्त हुने र मानसिक शान्ति मिल्ने विश्वास गरिन्छ। विशेषगरी अविवाहित महिलाहरूले सुयोग्य जीवनसाथीको प्राप्तिका लागि सोमबारको व्रत गर्ने चलन आज पनि जीवित छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

भगवान शिवको कृपा प्राप्तिका लागि आजको दिन व्रत, पूजा तथा ध्यानमा समय बिताउनुभएन भने अवसर चुक्न सक्छ।

Dhnagadhi & Krishanapur