
कविता : ज्ञानका भण्डार केपि बा
केपि बा कै उमेरका मेरा हजुरबा,
चर्पीसमेत मैले हात समाएर लग्नुपर्छ।
कहिलेकाहीँ ओछ्यानमै नै दिशा–पिसाब आउँछ,
दिशा–पिसाब सोर्नुपर्छ।
केपि बा देश हाँकी रहनुभएको छ,
देशले गर्व गर्नुपर्छ!

केपि बा लाई नबुझ्नेले गाली देलान तर,
बुझ्नेले ताली दिन पनि मनाही गर्ने छैनन्।
केपि बा गरिब–दुखीको हौसला बन्नुभाछ,
कयौँ युवाको प्रेरणाको स्रोत बन्नुभाछ।
जनतासँग घुलमिल हुनुभाछ,
सकेको विकास पनि गर्नुभाछ।
भन्नेले त भ्यु टावर बनायो भन्लान् तर,
धरहरा भत्केपछि एउटा सुन्दर
धरहरा बनाउनुभाछ।
त्यो धरहरा हैन भने,
त्यहाँ घुम्न जानेको किन लर्को लाग्थ्यो?
धेरै जनताले त बुझ्नुभाछ
किन कुनै ठूलो घर वरिपरि जनता रमाएनन्?
आखिर, घुम्न त त्यही धरहरा जानुभाछ !




एकल महिला, वृद्ध बा–आमाका लागि
साहारा बन्नुभाछ
साँचिकै केपि बा महान बन्नुभाछ!
केपि बा मा छुट्टै क्षमता मैले देखेको छु
आफ्ना विरोधीलाई, प्रतिपक्षलाई हाँस्यव्यङ्ग सुनाएर
लछारपछार पार्ने क्षमता मैले देखेको छु।
केपि बा लाई गाली गर्ने मैले धेरै देखेको छु,
तर केपि बाले कहिल्यै मनमा लिएको छैन।
गाली गर्नेहरूसँग पनि मुसुक्क हाँसेको मैले देखेको छु,
केपि बाले असल ज्ञान दिँदै आएको मैले देखेको छु।
साँचिकै केपि बा, का कुरा उदाहरणीय लाग्छन्
केपि बा लाई मैले ज्ञानको भण्डार मानेको छु
रत, आज मैले उहाँकै नाममा
कविता लेखेको छु!
मेरो एउटै सुझाव छ केपि बा
सान्तो बिन्ती छ ,
केपि बा, जिद्दी नबनिदिनु
भन्नेले त “भ्रष्टाचार गर्यो” भनेर भन्छन्,
तर केपि बा, उमेर नै बुढो भइसकेको छ
अब धेरै पैसाले पनि के गर्नुहुन्छ र?
बरु, आफू सँग भएको केही पैसा
गरिब–दुखीलाई सहयोग गर्नुहोस्, दान गर्नुहोस्
आफ्नो सत्कर्म देखाउनुहोस्
त्यो नै “भ्रष्टाचार गर्यो” भन्नेका मुखमा
बुझो लगाउने उपाय हुनेछ।
केपि बा, लोकप्रीय त बन्नुभा छ नै,
अब जनलोकप्रीय पनि बनिदिनु!
देशले युवा मागेको छ,
हेर्नुहोस् ती नै युवा थुनामा परेका छन्
जनताका कुरा सुनिदिनुहोस्,
युवालाई पनि पालो दिनुहोस्।
दोषी नै हुन् भने
छुटाउनु म कसरी भनूँ?
प्रमाणसहित दोषी साबित गरेर कारबाही गर्नुहोस्
तर, एक निर्दोष युवालाई थुनामै राखेर
न तड्पाईदिनुहोस्,
जनतालाई न रुवाईदिनुहोस्।
पारस भट्ट प्यासी
सुदूरपश्चिम, बैतडी

































