
सधैँ व्यवहारमै उतार्न खोंज आफै जति भए सपना,
बर्तमान व्यवस्था र संस्कार सँग बिमती भए सपना।

ऐना देखाए उनैले बिचबाटोमा जसले सिकाए बाटो,
चौबाटामा झसङ्ग मिति नागेका औषती भए सपना।
पछुताउँने काम कहिल्यै गरिएन तर अचम्भ लाग्छ,
कामरेड भन्दा झसङ्ग हुने त्यस्तै दुरगती भए सपना।

मनले मान्दैन पुरानै बाटोमा फर्किन समयले तान्छ,
मन मष्तिकमा खलबली भए भत भती भए सपना।
यहाँ हिंजो पनि बराबरी थिए आज पनि उस्तै त छ,
मेरै आँखा भित्र परिवर्तनका अलिकती भए सपना।
॥१॥
कसैलाई घर फर्काईदिन्छ कोही वेघर हुन्छ,
यो जिन्दगीनै गन्तव्यमा खोज्ने सफर हुन्छ।
कोही आउँछन् कोही हराउछन् यस्तै हो यो,
केही वेनाम हुन्छन् त यहाँ कोही अंमर हुन्छ।
कसैले इमान र धर्मका लागि लगाए जिन्दगी,
जजसले उनैलाई लुट्छन् उनैको कदर हुन्छ।
लुटेराहरू समेत सम्मानित हुन्छन् समाजमा,
कोही इमानकै बली चढे पनि के असर हुन्छ।
माटोकै नि पुजा गर्छन् माटोमै मिल्नेहरू पनि,
खाने त अन्न हो हिरा मोतीमा त जहर हुन्छ।
सबैलाई आ आफै चिन्ता देश कता जाला,
मानिस त आफ्नै धुनमा सधैँ वेखबर हुन्छ।
॥२॥
भयो देशमा जनबिरोधी सरकार दुःख लाग्छ,
देख्छु म उनैको नराम्रो व्यवहार दुःख लाग्छ।
हेर जनतामारा नीजीकरण गर्नमा आतुर भए,
नहुँदा नागरिककै जिउँने आधार दुःख लाग्छ।
नागरिकताको खोलेकाछन् दोकान उनैहरूले,
देख्दा विदेशी दलाल दोकानदार दुःख लाग्छ।
स्कुल,मन्दिर ,मज्जिदमा कहा छैन राजनीति,
जङ्गलराज न्यायकै देखे व्यापार दुःख लाग्छ।
आसा नगरौँ गरिबले न्याय पाइदैन भर नपरौँ,
धनमानकै देख्दा यो सारा संसार दुःख लाग्छ।
एक छाक खान बन्नु पर्यो चौकिदार चोरका,
युवा बनाकाछन् उनैका हतियार दुःख लाग्छ।
॥३॥
जिन्दगी आफ्नो कहिं घाम भनि मुस्कुरायो,
रातिमा अन्धकार चिर्न जुन बनि मुस्कुरायो।
सुख्ख खोजेन दुःखलाई नै सम्झिएँ सुख्ख,
लुकायौँ दुःख अनि सधैँ दनादनि मुस्कुरायो।
यस्तै छ आफ्नो यो जीवन सफरको शंषर्ष,
मुटुमा झिर चसक्क बिज्दा पनि मुस्कुरायो।
हाल सोध्छन् इष्टमित्र अनि साथि भाईहरू,
जहिले पनि भन्यो ठिकै त छनि मुस्कुरायो।

अरूले रूपियाँ गन्छन् र मख्ख पर्छन यहाँ,
आफुले त समस्याहरू गनिगनि मुस्कुरायो।
अरूले केभन्छन् मलाई कत्ती सरोकार छैन,
आफुले आफैलाई सम्झिँदै धनि मुस्कुरायो।
॥४॥
कसरी हिंडाउँ जिन्दगानी उठ्न अँझै बाँकि छ,
उढ्न खोज्छ मन नादानी उठ्न अँझै बाँकि छ।
लडखडाउँ छ असलमा छ न त छन् मात कुनै,
आए र केनै गरौँ जवानी उठ्न अँझै बाँकि छ।
कविहरू कोर्छन् गजल र कथा गरिबी छ उस्तै,
लेखि सकिदैन यो कहानी उठ्न अँझै बाँकि छ।
शङ्घर्ष गर्नैपर्छ जीवन शङ्घर्ष हो स्वीकारौँ,
नबागाउ आँखाको पानी उठ्न अँझै बाँकि छ।
उमेरले नेटो काटेपनि अँझै बच्पन् जस्तै लाग्ने,
उमङ्ग हियामा मनोमानि उठ्न अँझै बाँकी छ।
॥५॥
गजल बनाउँ बहर वेवहर मनको भावना,
साहित्ये अभियाननै डगर मनको भावना।
शब्दको माला उन्छौँ मनको बह मिसायौँ,
गर्लान् केही नगर्ला कदर मनको भावना।
केलानु छ केदिनु छ बोली बचन मिठास,
मुस्कुराएर बोलौँ सकभर मनको भावना।
गहुँथली पनि हेरौँ हुन्छन् कति सिपालु,
देखाइ दिन्छन् बनाई घर मनको भावना।
पुग्दैन रवि जहाँ त्याँहा पुग्नेरहिछन् कवि,
पुराउँछन् हृदयभित्र नजर मनको भावना।
लुकाउँदा लुक्न सक्दैन भए हियाम घाउ,
न लुकाई भन्दिन्छ अधर मनको भावना।
॥५॥
भयो देशमा जनबिरोधी सरकार दुःख लाग्छ,
देख्छु म उनैको नराम्रो व्यवहार दुःख लाग्छ।
हेर जनतामारा नीजीकरण गर्नमा आतुर भए,
नहुँदा नागरिककै जिउँने आधार दुःख लाग्छ।
नागरिकताको खोलेकाछन् दोकान उनैहरूले,
देख्दा विदेशी दलाल दोकानदार दुःख लाग्छ।
स्कुल,मन्दिर ,मज्जिदमा कहा छैन राजनीति,
जङ्गलराज न्यायकै देखे व्यापार दुःख लाग्छ।
आसा नगरौँ गरिबले न्याय पाइदैन भर नपरौँ,
धनमानकै देख्दा यो सारा संसार दुःख लाग्छ।
एक छाक खान बन्नु पर्यो चौकिदार चोरका,
युवा बनाकाछन् उनैका हतियार दुःख लाग्छ।
सुरेशकुमार पाण्डे दाङ घोराही १८
































