नेपाल प्रेस युनियनको केन्द्रीय बैठक सुरू

Image
Nisarga Hospital

लोकतान्त्रिक पत्रकारहरूको छाता संगठन नेपाल प्रेस युनियनको केन्द्रीय समितिको बैठक काठमाडौंको थापागाउँस्थित कार्निभल रेष्टुरेन्टमा सुरू भएको छ। बैठकमा वरिष्ठ उपाध्यक्ष प्रेम केसीले स्वागत मन्तव्य राखेका छन् भने मनोनीत सल्लाहकार तेज प्रकाश पण्डित, विपुल पोखरेलसहित केन्द्रीय सदस्यहरूलाई स्वागत गरिएको छ।

बैठकमा तीन वर्षे कार्यकालको समीक्षा, कार्यसमितिको पदावधि थप, शाखा–प्रदेश अधिवेशन तथा केन्द्रीय अधिवेशनको मिति तोक्ने, विधान संशोधन र सदस्यता शुद्धीकरणबारे छलफल भइरहेको छ।

केन्द्रीय अध्यक्ष शिव लम्सालले जेठमा महाधिवेशन गर्ने गरी तयारी गर्न आग्रह गरेका छन्। महासचिव दिलिप पौडेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका छन् भने कोषाध्यक्ष माधव धितालले आर्थिक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ। बैठकमा सल्लाहकार तथा पदाधिकारीहरूले धारणा राखिरहेका छन्।

CP Hospital Dhangadhi
Attariya Hospital