नाग पञ्चमी र गुरही पर्वको अवसरमा गोदावरी नगरपालिकामा स्थानीय बिदा

Image
Nisarga Hospital

अत्तरिया: थारु तथा अन्य समुदायले विशेष रूपले मनाउने नाग पञ्चमी र थारु समुदायको गुरही पर्वको अवसरमा गोदावरी नगरपालिकाले साउन १३ गते मंगलबार एक दिनका लागि स्थानीय बिदा दिने निर्णय गरेको छ।

CP Hospital Dhangadhi

नगरपालिकाको कार्यपालिकाको मिति २०८२/०४/०३ गतेको बैठकले उक्त दिन नगर क्षेत्रभित्र बिदा दिने निर्णय गरेको हो। बिदाको यो व्यवस्था नगर कार्यपालिकाको कार्यालय, मातहतका निकाय (अत्यावश्यक सेवा बाहेक) तथा सम्पूर्ण शैक्षिक संस्थामा लागू हुने जनाइएको छ।

Attariya Hospital

गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडीद्वारा जारी सूचनामा भनिएको छ, “पर्वको अवसरमा नगरवासीहरूलाई शुभकामना व्यक्त गर्दै सबैलाई जानकारी गराइन्छ कि नाग पञ्चमीको दिन नगर क्षेत्रमा एक दिनको सार्वजनिक बिदा हुनेछ।”

nawajiwan

स्थानीय संस्कृति र परम्पराको सम्मानस्वरूप बिदा दिइएको जनाउँदै नगरपालिकाले नागरिकहरूलाई पर्व शान्तिपूर्ण ढंगले मनाउन आग्रहसमेत गरेको छ।

Advertize US