कविता- सिंहदरबारका अजिङ्गरहरु

Image
Nisarga Hospital

सत्ताका भोगी अजिङ्गरहरलाई जब सत्ताको भोग लाग्छ
तब हात जोर्दै जनताको घर दैलोमा
भोट खान आउँछन्
चुनाव सकिन्छ आफ्नै संसारमा रमाउछन्
जनताको छाति कुल्चेर हिँडिदिन्छन्
उनी मान्छेबाट अजिङ्गर बनिदिन्छन्
उनी मान्छेबाट बिषालु सर्प बनिदिन्छन्!

CP Hospital Dhangadhi

बिषालु सर्पले त आफुलाई गाह्रोपर्दा,
कसैले कुल्चिदा डस्छ
तर हामी जनतालाई दिनहुँ टोकाई हुन्छ सत्ताका सर्पहरुबाट
जनतालाई जिउँदै निल्ने प्रयास गर्छन् सिंहदरबारका अजिङ्गरहरु
बनका सर्प , अजिङ्गर त
भ्यागुतो जीवजन्तु खाएर पनि सन्तुष्ट भएर बाच्छन,
ढुक्क सुत्छन् ,घाम ताप्छन्
पटक पटक भोट खाएर पनि अगाउँदैन
सिंहदरबारका अजिङ्गरहरु ,
बिषालु सर्पहरु!

जब कुर्सिमा बस्छन् जनताको रगत चुस्छन्
तर पनि कहिले खुसी हुँदैन
अगाउदैन
भोकाइ रहन्छन्!

nawajiwan

सर्प त डसेपनी एकचोटि डस्छ,
सिंहदरबारका अजिङ्गरहरुले हप्तैपिच्छे डस्छन्
जनतालाई भुल्याउनुको लागि
झुटा कुरा सुनाएर अपबाद फैलाउछन्!
देश बेचेर झनै, ठुल ठुला बात लाउँछन्
राष्ट्रियता बचाएको अभिनय गर्छन्।
तर देश लुट्छन्
बिषालु सर्पले मान्छेलाई टोके झै उनिहरु नेपाल आमालाई टोक्टछन् ” डस्छन् !

Attariya Hospital

सिंहदरबारका अजिङ्गरहरुले सुनको घडी लगाउछन्
मुख लागेको ,हात परेको केहि छोड्दैनन्
बाख्रा , खसी बोका ,जिउँदै निलिदिन्छन्
ठेक्का पक्का सब आफ्नै कार्यकर्तालाई दिएर
घुस खाँछन्
पैसाको ओछ्यान लाएर सुत्छन्
महलमा बस्छन् !
उनलाई महङ्गो गाडी चाहिन्छ
ठुटो पेट हुँदा हिंड्न गाहो हुन्छ
रत उनलाई कहिँ जाँदा पनि हेलिकप्टर चाहिन्छ
हेलिकप्टर भित्र पनि सुरक्षा चाहिन्छ
सिंहदरबारका अजिङ्गरहरु अनौठा छन्!!

पहिले पहिले सिंहदरबारमा सिंहहरु बस्थे
अहिले अजिङ्गरहरु ,बिषालु सर्पहरु बस्छन्
र सोझासाझा जनलाई डस्छन्!

उनिहरु खिचातानी गरिरहेका छन् भाग दौडको
हामी जनता कुल्चिदै छौं, उनका खुट्टाहरुले माटोमा ”
तर पनि सत्ताका सर्पहरुको पुजा गर्न छोडेका छैनौँ
सिंहदरबारका अजिङ्गररुलाई
माला लगाउन छोडेका छैनौँ!

पारस भट्ट प्यासी -सुदुरपश्चिम बैतडी