देशभर मनसुनी प्रभाव: लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

Image
Nisarga Hospital

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। मनसुनको न्यूनचापीय रेखा नेपाल तराई नजिक सरदर स्थानको उत्तरतर्फ अवस्थित रहेकोले मौसममा व्यापक असर परेको हो।

CP Hospital Dhangadhi

मंगलबार दिनभर देशभर आंशिकदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ। कोशी र मधेश प्रदेशका केही स्थानहरूमा तथा अन्य अधिकांश प्रदेशमा मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना छ। त्यस्तै बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।

nawajiwan
Attariya Hospital

रातको समयमा पनि अधिकांश भू–भागमा बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षा र केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान छ।

महाशाखाले नदीको जलस्तर बढ्न सक्ने, पहिरो तथा बाढीको सम्भावना रहन सक्ने भन्दै जोखिमयुक्त स्थानका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

Advertize US