आज रक्षाबन्धन र जनैपूर्णिमाः देशभर रक्षावन्धन धारण गर्दै धार्मिक विधि, सांस्कृतिक परम्परा र स्वास्थ्य लाभ लिदै

Image
Nisarga Hospital

श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषितर्पणी) पर्व आज देशभर श्रद्धा एवं भक्ति साथ मनाइँदैछ। वैदिक सनातन धर्मावलम्बीले बिहानै नदी, ताल, पोखरीमा स्नान गरी गुरु पुरोहितबाट मन्त्रिएको नयाँ जनै र रक्षासूत्र धारण गर्छन्। धार्मिक विश्वासअनुसार यसले नकारात्मक शक्ति तथा अशुभबाट रक्षा गर्दछ।

CP Hospital Dhangadhi

पौराणिक कथाअनुसार सत्ययुगमा दानवराज बलिलाई गुरु वृहस्पतिले डोरो बाँधेर सुरक्षित गरेका थिए, जसको स्मरणस्वरूप आजसम्म यो परम्परा जीवित छ। रक्षाबन्धनको बेला पुरोहितले “येन बद्धो बलिराजा…” मन्त्र उच्चारण गरी यजमानको दाहिने हातमा डोरो बाँधिदिन्छन्। ब्राह्मण, क्षत्रिय र वैश्य वर्णका तागाधारीले यस दिन नयाँ यज्ञोपवीत फेर्छन्।

जनै फेर्ने व्यक्तिले अघिल्लो दिन उपवास, चोखो बसाइ र कपाल मुण्डन गर्दछन्। पूर्णिमाको बिहान स्नानपश्चात जौ, तिल, कुशद्वारा ऋषितर्पण गरी वैदिक विधिअनुसार नयाँ जनै धारण गरिन्छ। अरुन्धतीसहित अष्टऋषिको पूजा गर्ने भएकाले यसलाई “ऋषितर्पणी” पनि भनिन्छ।

nawajiwan
Attariya Hospital

काठमाडौँ उपत्यका, गोसाइँकुण्ड, कुम्भेश्वर, पाँचपोखरीलगायत स्थलमा जनै फेर्ने र डोरो बाँध्ने भीड लाग्ने गरे पनि, यस वर्ष कोरोना जोखिमका कारण प्रमुख मन्दिर बन्द छन्। तर बाहिरी प्राङ्गणमा सीमित संख्यामा धार्मिक कर्म भइरहेको छ।

यस दिन क्वाँटी खाने परम्परा पनि छ—एघार थरिका गेडागुडी मिसाई टुसा उमारेर पकाइएको क्वाँटीले शरीरमा रोग प्रतिरोध क्षमता बढाउने, रुघाखोकी कम गर्ने र वर्षायामको चिसो हटाउने विश्वास छ।

तराईमा भने आज दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर सम्बन्ध सुदृढ बनाउने चलन छ। मठमन्दिर, तीर्थस्थल र परिवारमा मनाइने यो पर्वले धार्मिक आस्था मात्र होइन, सामाजिक एकता र स्वास्थ्य लाभको सन्देश पनि दिन्छ।