सुरेश कुमारका केही उत्कृष्ठ गजलहरु

Image
Nisarga Hospital

कसैले खास न भने पनि त खास हुनेरहिछ,
उनैको सम्बन्ध जीवनमा तमास हुनेरहिछ।
केभनौँ अगाडी बढ्नेहरूकै प्वाँख कतरदा,
लाग्छ उनैको हृदय कसैका दास हुनेरहिछ।
उठाइ रातो झण्डा र लगाए गफ क्रान्तिका,
लाग्छ उनैको मन नै धनको पास हुनेरहिछ।
अंध्यारो चिरेर उदाउन सके त धेरै राम्रो हो,
विवेकहिन मानव त जिउँदै लाश हुनेरहिछ।
जीवन सुख दुःखको सङ्गालो नै हुन्छ बुझौँ,
सुख्खको खोजीमा दुःखको रास हुनेरहिछ।
आवेशमा बोल्छन् यिनै जवान छैन कावुमा,
आफ्नो शब्दहरू आफ्नै उपहास हुनेरहिछ।

CP Hospital Dhangadhi

॥१॥

कसैको जीवन त कसैको लागि खास हुनेरहेछ,
जन्मिन्छन् स्वदेशमै कर्मथोलो प्रवाश हुनेरहेछ।
जीवन यापनका कहानीहरू त कयौं सुनेकै हौं,
पसिनाको पोको बाहेक अरू वक्वास हुनेरहेछ।
परिवर्तनका आंधी तुफानहरू न उठेकै कहां हो,
कुनैवेलाको कर्णधार समेत वाईपास हुनेरहेछ।
कयौं मरेका लाशहरू आफ्नै कांधमा उठाएकैहौं,
के थाहा आफ्नो अगाडी जिउदा लाश हुनेरहेछ।
सही र सत्य कहां खोज्ने आफ्नै भित्र खोजौं की,
कहिले कसो त्यो सच्चाई पनि उपहास हुनेरहेछ।
स्वतन्त्र भएर धर्ती गगनमा गुड्ने उड्ने मन हुंदा,
भएर पनि केगरौं मन् कर्तव्यको दाश हुनेरहेछ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

॥२॥

कसले झुकायो कसले उठायो सफर जिन्दगिको,
छैन पछुतो कुनै आफ्नो कामको रहर जिन्दगिको।
कहिले विदेशका गल्लि गल्लिमा कहिले स्वदेशमै,
लाग्दैन क्षण पनि आफ्नो भन्न के भर जिन्दगिको।
पसिनामा डुबेको भेटाएं होस सम्भाले पछि सधैं,
अभावमा बित्यो पानी बिनाको बगर जिन्दगिको।
कसैको दृष्टिमा देवता भयौं कसैलाई मुटुमा झिर,
चिनारी बोकेको छ आफैले यो निडर जिन्दगिको।
झुक्न जानिएन टुट्न जानिएन आए चुनौतिहरू,
पन्छाइयौं सङ्कट उज्यालो छ अधर जिन्दगिको।
दु:खलाई पनि सम्झिए सुख्ख त्यहीं मिल्छ खुसि,
यस्तैमा रम्ने केसुनाऊ आफ्नो खबर जिन्दगिको।

॥३॥

भन्छन् समावेसी समाजवाद व्यवहार हुँदैछ,
छताछुल्ल समाजमा अँझैपनि कुस्कार हुँदैछ।
कसलाई दिने दोश आफ्नै घरमा फोहोर भए,
सही कुरा गर्दापनि यो समाजमा दरार हुँदैछ।
धेरैलाई सम्झायौँ कयौँ घर आवाद भएकै हो,
अंझैपनि राम्रै कामको प्रयास लगातार हुँदैछ।
साथि पनि दुश्मन यही कारणले बनेको थियो,
मेरै प्रयासले अन्यायकै बिरूद्ध आधार हुँदैछ।
अब त श्रवणकुमार जन्माउदैनन् बा आँमाले,
किन की पैसा प्रधान समाजको संसार हुँदैछ।
कसूर न तिम्रो हो नत मेरो हो समयले जुरायो,
दुधको दुध पानीको पानी गर्न चिरफार हुँदैछ।

॥४॥

नेताहरूको देशभित्र बक्वास उस्तै छ,
भन्छौ संसारमा हाम्रो उपहास उस्तै छ।
छैन आयश्रोत ऋण दिनानुदिन बड्दै,
जनताको सिरमा ऋणको रास उस्तै छ।
होनहार युवा कामको तलासमा खाडी,
यता बुढा बुढीको दुःख खास उस्तै छ।
सरकार पनि केटौले हवामा गर्छन कुरा,
सत्ताको लागि दलालका दाश उस्तै छ।
भन्छन् नयाँ नेपाल आफ्नै आँखा तोपी,
बाकसमा फर्किने युवाको लास उस्तै छ।
भन्छन् हामि देशभक्त हौँ र क्रान्तिकारी,
स्वार्थ त सबैको सबैभन्दा पास उस्तै छ।
सुरेशकुमार पाण्डे दाङ घोराही १८

Dhnagadhi & Krishanapur