सुरेशकुमारका केही उत्कृष्ठ गजलहरु

Image
Nisarga Hospital

मर्ने डर हरायो उस्तै जिउँने रहर हरायो,
लाग्छ आफ्नै त्यो हसिलो अधर हरायो।
कहाँ खोजौँ त्यो खोला महल बनेपछि,
नामोनिसान भेटिएन त्यो बगर हरायो।
सँगै जिउने सँगै मर्ने वाचा गरेका साथि,
हिंड्दा हिंड्दै जाने कता सफर हरायो।
भन्दथ्यो आँखाहरूले कथा भित्र कथा,
हेर्दा हेर्दैको त्यही नैनबाट नजर हरायो।
जसले बनायो आवाद जोगायो राष्ट्रिता,
प्राणदिने सहिदको अचेल कदर हरायो।

CP Hospital Dhangadhi

॥१॥

देश र जनताकै हकमा व्यवहार हुनुपर्छ,
सबै मानवलाई जिउने अधिकार हुनुपर्छ।
कोही छैनन् पराया यहां नागरिक हौं सबै,
आफ्नै देशमा सबैलाई रोजगार हुनुपर्छ।
लुटेराहरूको चलखेल हुनथाल्यो देशमा,
अबको पालो सबैलाई खबरदार हुनुपर्छ।
सहकारीमा लुट उस्तै भ्रष्टाचार जतापनि,
सबैलाई सजाए कानुन अनुसार हुनुपर्छ।
चुप लागि नबसौं यो आफ्नो पाल्टी भनी,
राम्रो नराम्रो यहां सबैमा चिरफार हुनुपर्छ।
पेसाकै लागि अदालत व़कील र मिडिया,
अन्यायमा बोल्न सक्ने अखबार हुनुपर्छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

॥२॥

पशुको बलि चढाएर धर्मको आस किन गर्छौ,
हौं चेतनसिल प्राणी अन्धविस्वास किन गर्छौ।
पशु पंक्षीपनि र जीव जन्तु पनि प्राण भएका,
मानवहरू तिमिले आफ्नै उपहास किन गर्छौ।
थियौं लाचार कुनै जमानामा थिएन विकास,
मानिस तिमा आफै आफ्नो तमास किन गर्छौ।
स्वर्ग यहीं छ नर्क यहीं छ यही गगन र धर्तीमै,
कुसंस्कार जोगाउन नै समय नास किन गर्छौ।
परिश्रम गरौं पसिना बगाऊ सबै नागरिकहरू,
एउटालाई बोझ बनी संसार उदास किन गर्छौ।
सबैलाई जिउने अधिकार हुनुपर्छ जीव जन्तु,
स्वर्थि बनि खुसी अरूकै वाइपास किन गर्छौ।

॥३॥

पुजा गर वर्त बस तर ढुङ्गासँग प्यार नगर,
धर्मको नामा अन्धविस्वासी व्यवहार नगर।
मानिस भएपछि प्रयोग गर विवेक आफ्नो,
जनता अनि देशसँग कत्तिपनि गद्धार नगर।
स्वर्ग-नर्क यही धर्तीमा हुन्छ अन्त छैन कतै,
भ्रम मुक्त हुनुपर्छ रूढीवादी अनुसार नगर।
आफ्नै खुट्टामा उभिनु हुन्छ सबैभन्दा राम्रो,
जलाउ दियो यो समाजमा अन्धकार नगर।
व्यापार गर पसिना बगाउ जनतालाई लुट्ने,
गद्धार देशमा तिमिले यसरी भ्रष्टाचार नगर।
यो विरहरूकै भूमि हो बहादुरका सन्तान् हौँ,
देशको हित गरौँ स्वाभिमानको व्यापार नगर।

॥४॥

कसैमा लुटाउने रहर हुन्छ जीवन कसैलाई,
मैदानमा जुट्ने बांधेर त्यो कफन कसैलाई।
धाग लगाएर चर्का चर्का नेता हिंड्छन् धागी,
त्यही धाग पनि बन्दोरहिछ इञ्धन कसैलाई।
कसैको देह लुट्यो कसैको दोहन हुनथाल्यो,
उज्डिएको बगैचा पनि हुन्छ चमन कसैलाई।
दुश्मनले जित्न सक्दैन त्यो दुश्मन भनेपछि,
दुष्ट लुकेनि लुके झैं लाग्दैन कथन कसैलाई।
मनभित्र घर जमाएकै कुरिती चिर्न गारो हुने,
बदल्न के सकिन्थ्यो आफैले झन कसैलाई।
निस्वार्थ भेटिदैंन कहिंकतै स्वार्थिकै तमासा,
केही मख्ख पर्छन् लुटाएर रनबन कसैलाई।
सुरेशकुमार पाण्डे दाङ घोराही १८
Dhnagadhi & Krishanapur