१ करोड भ्रष्टाचारका अभियुक्त मुद्दा खेपेका सोडारी १ लाख धरौटीमा छुटे

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सांसद दीर्घबहादुर सोडारी भ्रष्टाचार मुद्दामा सोमबार विशेष अदालतमा उपस्थित भई धरौटीमा रिहा भएका छन्।

CP Hospital Dhangadhi

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय रितेन्द्र थापा र विदुर कोइरालाको इजलासमा सोडारीसँग बयान लिएपछि थुनछेक बहस भएको थियो। बहसपछि उनलाई १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश जारी गरिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ १९ गते सोडारीविरुद्ध १ करोड ८ लाख ३८ हजार रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो। गैरकानुनी सम्पत्ति आर्जन गरेको उजुरीका आधारमा अख्तियारले अनुसन्धान अघि बढाएको हो।

nawajiwan
Attariya Hospital

सोडारीले ०८१ वैशाख ६ देखि ०८१ साउन २० गतेसम्म मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। उनले यसअघि सामाजिक विकास मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयको समेत नेतृत्व गरिसकेका छन्।

अख्तियारका अनुसार ०७४ माघ ७ देखि ०७९ फागुन १० सम्मको जाँच अवधिमा सोडारीले विभिन्न शीर्षकमा ८५ लाख ५१ हजार रुपैयाँ वैधानिक आय आर्जन गरे पनि सोभन्दा धेरै गैरकानुनी सम्पत्ति जोडेको प्रमाण भेटिएको छ।

यसअघि उजुरी परेपछि अख्तियारले सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्दै अनुसन्धान अघि बढाएको हो।

Advertize US