मुख्यमन्त्री शाहद्वारा सेनाका पृतनापति देउजालाई बिदाइ, बडिमालिका मन्दिर निर्माणमा सहयोगी सेनालाई धन्यवाद

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह र नेपाली सेनाका सुदूरपश्चिम पृतनापति प्रकाश देउजाबीच मंगलबार भेटघाट भएको छ।

CP Hospital Dhangadhi

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा सरुवा भएर जाने क्रममा पृतनापति देउजालाई मुख्यमन्त्री शाहले मायाको चिनोसहित बिदाइ गरे।

Attariya Hospital

सो अवसरमा मुख्यमन्त्री शाहले बडिमालिका मन्दिर समयमै निर्माण सम्पन्न गर्न सहयोग पुर्‍याएकोमा नेपाली सेनाप्रति आभार व्यक्त गरे। उनले बडिमालिकालाई सुदूरपश्चिमको धार्मिक आस्था र पर्यटकीय आकर्षणको केन्द्र भएको बताउँदै सो क्षेत्रमा थप संरचना निर्माणको आवश्यकता औंल्याए।

nawajiwan

मुख्यमन्त्री शाहले प्रदेश सरकारले मन्दिर क्षेत्रमा प्राविधिक टोली खटाई आवश्यक संरचना निर्माण सुरु गर्ने र त्यसमा नेपाली सेनाको निरन्तर सहयोग रहने विश्वास व्यक्त गरे।

Advertize US