नेपालले पाकिस्तानविरुद्ध टस हार्दै बलिङ गर्दै

Image
Nisarga Hospital

टप एण्ट टी–ट्वान्टी सिरिज अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले पाकिस्तान ‘शाहिन्स’ विरुद्ध बलिङ गर्दै छ । डर्विनमा भएको टसमा नेपालले हार व्यहोर्दै बलिङको निम्तो पाएको हो ।

CP Hospital Dhangadhi

यसअघि सिरिजका पाँच खेलमध्ये नेपालले दुई खेलमा जित निकालेको छ भने तीन खेलमा पराजित भएको छ । अन्तिम खेल भएकाले नेपालका लागि आजको प्रतिस्पर्धा जित्नै पर्ने दबाब रहेको छ ।

सिरिजमा नेपालले बल तथा ब्याटिङ दुवैमा उतारचढाव देखाएको छ । प्रारम्भिक खेलमा कमजोर प्रदर्शन गरेको नेपालले पछिल्ला दुई खेलमा उत्कृष्ट जित हासिल गरेको थियो । यद्यपि पाकिस्तान शाहिन्स बलियो टोली भएकाले नेपाललाई चुनौतीपूर्ण खेलमा उत्रनुपर्नेछ ।

nawajiwan
Attariya Hospital

आजको खेलमा नेपाली टोलीले नयाँ संयोजनसहित आक्रामक खेल देखाउने तयारी गरेको बताइएको छ । क्रिकेट प्रेमीहरुले नेपालले अन्तिम खेल जित्दै सिरिजलाई सकारात्मक रुपमा टुङ्ग्याउने अपेक्षा राखेका छन् ।