आज कुशे औँसी तथा बुवाको मुख हेर्ने दिन: पिताप्रतिको श्रद्धा र स्मरणको दिन

Image
Nisarga Hospital

कुशे औँसीलाई नेपाली समाजमा ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाइन्छ। जसरी आमाको मुख हेर्ने दिन आमाको सम्झना र गुरु पूर्णिमामा गुरुप्रति कृतज्ञता व्यक्त गरिन्छ, त्यसैगरी यो दिन पिताप्रतिको सम्मान, सम्झना र समर्पणमा समर्पित हुन्छ।

CP Hospital Dhangadhi

जीवन चक्र बिहान र साँझजस्तै निरन्तर परिवर्तनशील हुन्छ। कहिले छोराको रूपमा, कहिले बुबाको रूपमा, कहिले आमाको भूमिका त कहिले छोरीको भूमिकामा मानिस जीवनयात्रा अगाडि बढाउँछ।

हामीमध्ये धेरैले बाल्यकालमा बुबाको हात समातेर तोते बोली बोल्दै लरबराएका पाइला चाल्न सिकेका छौँ। हिँड्न, बाँच्न, संघर्ष गर्न र जीवनलाई सजाउन अहोरात्र खट्ने ती पिता शब्दभन्दा परको मर्म हुन्। बुढेसकालमा उनीहरूलाई आधार दिने बलियो लाठी बन्नु नै सन्तानको महान् जिम्मेवारी हो।

nawajiwan
Attariya Hospital

‘यी छोराछोरी हुर्किएर कमाइ गर्लान्, मलाई दूध भात ख्वालान्’ भन्ने आशा प्रायः आमा–बुबाले आफ्ना सन्तानसँग राख्ने गर्छन्। बाल्यकालमा माया गरेर हुर्काएका छोराछोरीबाट बुढेसकालमा पनि मायामय सहारा पाउने अपेक्षा प्राकृतिक नै हो।

यस दिन छोराछोरीले जीवित पितालाई फलफूल, मिठाई वा कपडा उपहार दिएर सम्मान गर्छन् भने परदेशमा रहेका सन्तानले फोन वा सन्देशमार्फत भावना व्यक्त गर्छन्। दिवंगत पिताको सम्झनामा भने गोकर्णेश्वर, देवघाट, बेत्रावती, विष्णुपादुका, वराहक्षेत्रजस्ता पवित्र तीर्थस्थलमा गई श्राद्ध, तर्पण र दान गरी आध्यात्मिक श्रद्धाञ्जलि अर्पण गर्ने प्रचलन छ।

यसरी कुशे औँसी केवल संस्कार मात्र होइन, पिताप्रतिको कृतज्ञता र समर्पणलाई जीवन्त राख्ने विशेष अवसर हो।