बाबा बिनाको घर

Image
Nisarga Hospital
बाबा शब्द अहा ! मनोहर घडा, समृद्धिका वाहक
CP Hospital Dhangadhi
बाबाको तुलना हुँदैन कहिल्यै, बाबा भलो साधक
बाबा हुन् घरद्वारका रचयिता, हुन् सिर्जनाका बिउ
nawajiwan
बाबा अंश बिना त्यसै प्रकृतिमा, बन्दैन हाम्रो जिउ ।
बाबा पालनहार हुन् भुवनका, बल्दै गरेका दियो
बाबा हुन् श्रमका अतुल्य गहना, सन्तानका हुन् मियो
बाबा छन् घरमा जहान सब ती, आनन्दले रम्दछन्
छैनन् ‘बा’ मन खिन्न हुन्छ बिचरा, सन्तापमा पर्दछन्।
बाबाले कति दुख्ख कष्ट सहदै, पालेर ती सन्तति
हुर्काए तर बिर्सिएर गुन त्यो, छाडी गए अन्त ती
बाबाको अपमान गर्दछ भने, के काम सन्तानको
Attariya Hospital
जो बुझ्दैन पिता मुहान सबका, सन्तान त्यो व्यर्थ हो।
बाबा सन्ततिका अपूर्व बहना, सम्पूर्ण संस्कार हुन्
बाबा वंश मुहान दिव्य लहरी, सच्चा समाचार हुन्
बाबा छन्द पराग हुन् हृदयका, सन्तानका रक्षक
बाबा अक्षरका समस्त स्वर हुन्,बाबा भलो शिक्षक।
बाबा सन्ततिका उँचा धरहरा, हुन् सभ्यताका पुल
बाबा औषधि हुन् विकर्म सबका, सच्चा हितैषी कुल
बाबा ब्रम्हमुहूर्त हुन् प्रहरका, सन्तानका ईश्वर
साह्रै शून्य हुने समस्त भवमा, बाबा बिनाको घर।

कवि माधवप्रसाद उपाध्याय नेपाल संस्कृत विश्वविद्यालयका विद्यार्थी हुन्।