सुदुरपश्चिम बैतडीका बालक किरण कोलीको मृत्युमा आधारित मन छुने कविता ..

Image
Nisarga Hospital

खेल्नलाई गए, किरण बाबु, गलत ठाउँमा
करेन्ट लाग्यो संसारै छोड्यो सोकपर्यो गाउँमा
बालुवा बन्यो बालकको काल ,बिषालु गोमन
अकालमै गयो इश्वरको घर कलिलो जोबन !

CP Hospital Dhangadhi

दलित बच्चा, हौ भन्दै मार्यो ,के सत्य त्यसमा ?
बालक किच्यो ,खबर झुटो ,फैलायो देशमा !
दैबेले लुट्यो किरणको खुसी आमाछन् रुँदैमा
कसले सक्ला, बालक मार्न, त्यो गाडी छुँदैमा?!!

नियती लेख्ने, भाग्य लेख्ने, नियन्ता कलम
पिडाको घाउ , बल्झिरहे छ, लाइदेउ मलम
गलत कुरा, गलत कर्म , गर्नेलाई कानुन्
मत हो शिष्य, सत्यको साक्षी ,ईश्वरै जानुन

nawajiwan
Attariya Hospital

मिल्दछ शान्ती,स्वर्गको भुमी संसार जेल हो
मान्छेको चोला ,खोसेर लग्ने, दैबको खेल हो
नजानु पर्ने, किरण बाबू ,स्वर्गमा गइहाल्यो
नरुनु आमा ,नरुनु अनु ,नहुनु भइहाल्यो !!!

पारस भट्ट प्यासी …

सुदुरपश्चिम बैतडी