सुरेश कुमारका केही उत्कृष्ठ गजलहरु

Image
Nisarga Hospital

कसैलाई कर छ कसैलाई रहर पनि हुन्छ,
योजिन्दगी कसैकसैमा निर्भर पनि हुन्छ।
आफ्नै छायाँले समेत पच्छाउँदैन कहिले,
प्रश्न चिन्ह बोकेको कुनै सफर पनि हुन्छ।
उसले जन्मायो हुर्कायो घरभरी छोराछरी,
उसकै वृद्धावास्थामा रित्तो घर पनि हुन्छ।
जन्मिन्छन् जीव मर्छन् यो प्रकृतीकै देनहो
कयौं खाडापर्छन् कसैको भर्खर पनि हुन्छ।
ठग्न खोज्छन् आफ्नै भित्रका बहेरूपी ले,
आफ्नो दर्दमै उज्यालो उन्का अधर हुन्छ।
पैसानै रहिछ ठुलो यो मानिसकै समाजमा,
जीवन डुबाएर पनि औलाद वेखबर हुन्छ।

CP Hospital Dhangadhi

॥१॥

ढिलाभयो देश जोगाउन कहिले खबरदार गर्ने हामिले,
स्वाभिमानको रक्षागर्न संसार कहिले ग्वार गर्ने हामिले।
चुच्चे नक्सा त हामिसँग छ भूभाग अरू कसैसँग पुग्यो,
यो अन्यायको बिरूद्ध किन छिट्टै उपचार नगर्ने हामिले।
साम्राज्यवादीहरूको एकताले देश सङ्कटमा परेकै छ,
कहिलेसम्म उनिहरूको यो दमन चिरफार नगर्ने हामिले।
समय आयो उठौँ मधेश जागौँ पहाड जुर्मुराउ हिमाली ,
अब विश्वमै चिनाउ देश किन यो उजगार नगर्ने हामिले।
कालापानि लिपुलेख लिम्पियाधुरा किन छाड्ने भूभाग,
सरकार देउ ज्ञापन दुबैलाई किन केरकार नगर्ने हामिले।
कहिले खोस्छ ब्रिटिष्टले कहिले खोस्छ भार चीनले देश,
भनिदेउ विश्वका बुद्दीजीवि देशसँग प्यार नगर्ने हामिले ?

nawajiwan

॥२॥

मानिस भित्र राक्षशले बास गरे झैं लाग्छ,
भित्रभित्रै मानवताको लाश गरे झैं लाग्छ।
बालिकहरू किन जन्मायो बन्नलाई बाबा,
त्यो कर्मले आफ्नो उपहास गरे झैँ लाग्छ।
कति हैवान बन्यो उसले देखायो मर्दान्गी,
उस्लाई बालत्कार नि खास गरे झैँ लाग्छ।
छि छि निन्दनिय अपराध फाँशी दिनुपर्ने,
नियम कानुन् किन वाईपास गरे झैँ लाग्छ।
कस्तो यो मानव समाज लिप्त भ्रष्टाचारमै,
असङ्ख्या अपराधको राश गरे झैँ लाग्छ।
अपराधीलाई किन सफाई दिन्छन् देशमा,
खै किन कानुनले नै तमास गरे झैँ लाग्छ।

॥३॥

देशमा काम छैन राजनीतिकै व्यापार हुनेगर्छ,
कमिसन नै जीवन यापनको आधार हुनेगर्छ।
आफ्नै घुस्छन् दलाल बनी कमिसनका लागि,
उनैको बलमा हिंजोआजको सरकार हुनेगर्छ।
विदेशमै पठाउँ छ रत रेमिटेंस भित्रिन्छ साथि,
त्यसैले त यो देशको विदेशी हकदार हुनेगर्छ।
केहि कमि छ भने छ नेताको नियतिको कमी,
त्यसैले त देशभरि नै अचेल भ्रष्टाचार हुनेगर्छ।
लगायौँ नारा असमान सन्धिकै बिरोधमा सधैँ,
यहाँ जुनसुकै गएपनि असमान करार हुनेगर्छ।
Attariya Hospital
जस्ले भ्रष्टाचार गर्यो अपराध गर्यो सफा भयो,
सोझा निर्दोशलाई मात्र सधैँ चिरफार हुनेगर्छ।

॥४॥

आयो तीजको पर्वमा अब खास हुनुपर्छ,
गाउ घरमा धेरै खुसिहरूको रास हुनुपर्छ।
छाडौं खर्चिलो नबनाउ चाड पर्व हामिले,
ऋण लागे पछि त कसैको दास हुनुपर्छ।
प्रगतिमा रमाउंन खुसी साटासाट सबैले,
सबै चेलि बेटीको दु:खको नास हुनुपर्छ।
अन्याय हुन्छ अत्याचार छ महिला माथि,
त्यसैको बिरोध गर्न उठ्ने सहास हुनुपर्छ।
मिलेर लडौं वर्गिय लडाई पुरूष महिंला,
आफ्नै देशमा गास,बास,कपास हुनुपर्छ‌।
नजाउ विदेश युवाहरू गरौं केही देशमा,
यो देशले निकास पाउन विकास हुनुपर्छ।

॥५॥

ऊ भगवान बन्न खोज्छ र बतास बन्न खोज्छ,
जनतामा प्रभाव बनाउननै खास बन्न खोज्छ।
न उसले केही गर्यो न बन्दुभाईले केही गरेका,
संसारमा उस्का पूर्वज झैँ तमास बन्न खोज्छ।
फैलायो वेरोजगारी भाग्छन् लिएर पेट भोको,
केही मरेर फर्किए ऊ जिउँदै लाश बन्न खोज्छ।
साम्राज्यवाद त बाजा बजाउँदै आउँदो देशमा,
मित्रताको प्रस्ताव साख्खै र पास बन्न खोज्छ।
यो त हाम्रो छानेको नेता नै हो ऊ दुष्ट भएपनि
बिडम्वना यहि पनि दुष्टको दास बन्न खोज्छ।
सुरेशकुमार पाण्डे दाङ घोराही १८
Advertize US