सुदूरपश्चिममा गौरा पर्वको उल्लास : आज ‘नानी गौरा’ मनाइँदै

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशभर अहिले गौरा पर्वको रौनक छाएको छ। गौराको दोस्रो दिन शुक्रबार ‘नानी गौरा’ मनाइँदैछ। हिजो भिजाइएका बिरुडालाई नजिकैका धारा, तलाउ वा मुहानमा धुने परम्परा रहिआएको संस्कृतिविद् आचार्य विष्णुदत्त भट्ट बताउँछन्।

CP Hospital Dhangadhi

साउँ, तिल, अपामार्गलगायत वनस्पतिको प्रयोग गरी गौराको प्रतिमूर्ति बनाई धारामा पूजाआजा गर्ने गरिन्छ। बिरुडा र बारीमा फलेका फलफूल चढाई गौरादेवीलाई आराधना गर्ने चलन छ। पौराणिक विश्वासअनुसार भगवान् शिव प्राप्तिका लागि पार्वतीले निराहार आराधना गरेपछि महेश्वरसँग विवाह भएको सम्झनामा यो पर्व मनाइन्छ।

Attariya Hospital

गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात् अठ्यावाली शनिबार पर्दछ। सो दिन महिलाले विशेष धागो ‘दुबधागो’ धारणा गर्ने परम्परा छ, जसलाई पुरुषले जस्तै जनेउ धारणको प्रतीक मानिन्छ। यस वर्ष उज्यालो गौरा परेको छ। पर्वका अवसरमा देउडा, धमारी, चैतलगायत परम्परागत खेल र गीतसंगीतले गाउँघरमा उत्साह थपिएको छ।

nawajiwan