
हुन त छोरा मान्छेको पनि हुन्छ धेरै पीडा हुदैन भन्दिन म
तर छोरी मान्छेको जति पीडा हुदैन छोरा मान्छेको भन्छु म।

छोरा र छोरी , सुन्दा एउटै सुनिने तर पीडा धेरै फरक छ
जसले जे भनेनी म त भन्छु छोरीलाई जस्तो छोरालाई कहाँ छ।
छोरीलाई भन्छन् इज्जत लुट्छन् तिम्रो बाहिर घुम्न नजाउ
छोरालाई किन भन्दैनन् अरुको इज्जत लुट्छौकी बाहिर घुम्न नजाउ।


जुन मान्छेले कानुन बनाउछ छोरा छोरी बराबर भनी
त्यै मान्छेले भेदभाव गर्छ छोरा र छोरी भनि।
मृत्यु के हो भनि छोरीलाई सोध बताउँछिन् उनी महिनाका चार दिन
त्याग के हो भनि छोरीलाई सोध बताउँछिन् उनी आफ्नो बिहेको दिन।
रचनाकार: रोशनी पाल
श्री मालिकार्जुन माध्यमिक विद्यालय दार्चुला


















