
जल तथा मौसम विज्ञान विभागले हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ र पश्चिममा सामान्य अवस्थिति रहेको जनाएको छ।

यसको प्रभाव स्वरूप अहिले देशभर सामान्य बदली छ। कोशी तराई, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा तथा अन्य प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।

आज दिउँसो र राति समेत देशभर बदली रहने तथा कर्णाली, सुदूरपश्चिम, बागमती, गण्डकीसहितका पहाडी र तराई भूभागका विभिन्न स्थानमा मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ।
















