स्वदेशी उत्पादनको गौरव

Image
Nisarga Hospital

स्वदेशी वस्तु प्रयोग गरौँ,
माटोको सुगन्ध सम्झी गर्व गरौँ ।
आफ्नै हातले उब्जेको अन्न,
आफ्नै कारखानाले दिएको धन ।।

CP Hospital Dhangadhi

गुणस्तरीय अर्गानिक जीवन जिऊँ,
स्वच्छ श्वास, हरियाली स्वप्न देखौँ ।
रसायन, प्रदूषण टाढा हटाऔँ,
प्राकृतिक बाटोमा पाइला बढाऔँ ।।

कृषकको पसिना सम्मान गरौँ,
उद्यमीको जोश प्रोत्साहन गरौँ ।
श्रम, सीप र लगनलाई मूल्य दिऊँ,
समृद्ध राष्ट्र निर्माणमा हात मिलाऔँ ।।

nawajiwan
Attariya Hospital

स्वदेशी वस्तु खरिद गरौँ,
स्थानीय बजार समृद्ध पारौँ ।
आफ्नै उत्पादमा गर्व बढाऔँ,
राष्ट्रिय आय निरन्तर चढाऔँ ।।

आफ्नो माटो, आफ्नै पसीना,
देश विकासको साँचो गहना ।
स्वदेशी प्रेमले दिल सजाऔँ,
आर्थिक स्वतन्त्रताको गीत गाऔँ ।।

कवि डा. दिपक चन्द्र भट्ट सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसका उपप्राध्यापक हुन्।

Advertize US