कविताः- आफूलाई देख्नेहरु

Image
Nisarga Hospital

सधैं आफूलाई देख्नेहरु समाज कहिल्यै देख्दैनन्
सधैं आफूलाई पढ्नेहरु समाज कहिल्यै पढ्दैनन्
सधैं आफूलाई सुन्नेहरु समाज कहिल्यै सुन्दैनन्
सधैं आफूमा दुख्नेहरु समाजमा कहिल्यै दुख्दैनन्

CP Hospital Dhangadhi

यो सत्य कुरा हो आफू मात्र हुनेहरुमा समाज कहिल्यै हुदैन

सधैं समाजलाई देख्नेहरु आफूलाई बिर्सिदिन सक्छन्
सधैं समाजलाई पढ्नेहरु आफूलाई नपढ्न सक्छन्
सधैं समाजलाई सुन्नेहरु आफूलाई नसुन्न सक्छन्
सधैं समाजमा दुख्नेहरु आफूमा नदुख्न सक्छन्

nawajiwan

अहिले उल्टो घुमिरहेछ समयको चक्का
उल्टै दिशाबाट बगिरहेछ चिसो बतास

त्यसैले,
समाजलाई देख्नेहरु दुब्लाउदै गएका छन् समाजमा
आफूलाई देख्नेहरु मोटाउदै गएका छन् समाजमा

कसले चलाइरहेछ यो जब्बर समयको रथ
को हो यो समयको असली नायक
कसको हो यो समाज
कसको हो यो व्यवस्था
कसको हो यो संस्कृति
कसको हो यो मान अपमान

समाज पिउनेहरुको कि समाज जिउनेहरुको

समाज बोकेर दुब्लाउनेहरु गुमनाम छन् यतैतिर
भीडले कहिल्यै देख्दैन उनीहरु
भीडले कहिल्यै सुन्दैन उनीहरु
बरु गरिरहन्छ खिसीट्युरी आफ्नै लाज छोपेर

Attariya Hospital

समाज खाएर मोटाउनेहरु पनि यतै छन्
उनीहरुकै मुठ्ठीभित्र कैद भएको छ लोकतन्त्र
उतैतिर बगिरहन्छ सत्ताको जुनेली बतास
उनीहरुकै हर्षबढाइँमा बजिरहन्छन् नौमती बाजा
उनीहरुकै सम्मानमा टाँगिन्छन् तुल र ब्यानर

कसले गर्यो यो समाज खाने कुरुप संस्कृतिको निर्माण?

तिमीले कि मैले
नेताले कि जनताले
व्यवस्था कि अवस्थाले
रहर कि बाध्यताले

आज इतिहासका एकएक पत्र पल्टाएर हेरिरहेछु
कोको रहेछन् इतिहासका अग्ला मान्छे
कोको रहेछन् इतिहासका होचा मान्छे
कसको रहेछ असली इतिहास

समाज खानेहरुको कि समाज बनाउनेहरुको

लेखक पदमप्रकाश साउद

दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका उपप्राध्यापक हुन्।

Advertize US