
न सुख्ख सङ्ग गास हुन्छ न कपास हुन्छ गरिबको,
महल बनाउछन् न ओटलाग्ने बास हुन्छ गरिबको।
केभनौं मित्र भनि साध्यछैन संसारकै श्रमजीवीहरू,
समाधानको साटो समस्याको रास हुन्छ गरिबको।
आवाद उनैले बनाउंछन् बञ्जर भूमिमा जहांकाहीं,
बिडम्वनाभनौं जहिलेपनी उठिबास हुन्छ गरिबको।
जसले अरूको भलोमा बफादारीपूर्ण गर्यो परिश्रम,
दु:खकै कुरा जतततै लावारिस लाश हुन्छ गरिबको।
हेरन जस्ले बनायो गगनचुम्बी सिशमहल ठुलासहर,
उनि वेनाम छन् तर ती सिप खास हुन्छन गरिबको।
कतै अनमोल उपहार उनकै कथाले सम्मान पाउंदा,
सधैभरी जीवनका योजना उपहास हुन्छ गरिबको।

॥१॥
संसारमा मेरै देश वेमिसाल सुन्दर छ,
मधेश पहाडको सिर हिमाल सुन्दर छ।
बग्दैछन् खोलाहरू छ्याङ् छ्याङ गर्दै,
ढुङ्गा माटोकै बिच मायाँजाल सुन्दर छ।
वीर युवाहरू दुनियाँको शान बनेका,
कसतो लाग्छ कथामा बबाल सुन्दर छ।
दुई ढुङ्को तरूल भयिपनि देश हाम्रो,
निडर नत सिमानामा पर्खाल सुन्दर छ।
यत्ति दुःख लाग्छ नाईके भएनन् नेता,
भएपनि आर्थिकमा कङ्गाल सुन्दर छ।
स्वर्ग कतै छ भने विश्वमै छ यँहि देशमै,
विकास नभएपनि यो नेपाल सुन्दर छ।

॥२॥

यो प्यार हो मित्र यसको कुनै आकार हुनुहुँदैन,
भन्छ कतै पर्खाल वा कसैको छेकवार हुनुहुँदैन।
यस्मै लाग्छ ठुलो पर्खाल दुश्मन् हुन्छन् यसैका,
भन्छन् तर राजनीतिको जस्तै तकरार हुनुहुँदैन।
झिना मसिना कुरा हुन्छ बादविवाद हुन्छन सँगै,
त्यो अमूल्य धरोहरमा विवादित बिचार हुनुहुँदैन।
भनिन्छ फेरी फुल्छ फूल आउँछ वासना यसैमा,
कसरी सम्भव होला एक आर्कामा हार हुनुहुँदैन।
जस्तै साम्राज्यवादी एक्लौटे अधिकारका लागि,
अरूदेशभित्र विकास र उन्को निखार हुनुहुँदैन।
कलम र तरवार हिंशा र अहिन्साको भिडान्तमा,
जे सुकै भएपनि उनिहरूलाई छेकबार हुनुहुँदैन।
॥३॥
अतिकर्मणमा परेका धेरै गाउँ र सहर हुन्छन्,
सरकार त यस्ता समाचारबाट वेखबर हुन्छन्।
कस्ले भन्छ हामि छुट्टाछुट्टै पार्टीका मन मिल्दा,
गन्तव्य एउटै हो तर फरक मात्र डगर हुन्छन्।
आएपछि समय नै खराब अरूलाई दोष केको,
दुश्मनको योजना हाम्रै गलतीमा निर्भर हुन्छन्।
कहिले आफ्नैसँग र कहिले दुश्मन सँग लड्यौँ,
कहिले आफ्नै मनसँग लडाईको सफर हुन्छन्।
एउटा मात्र सङ्कटमा पर्दैन मान्छे कहिलेकसो,
हिंडी रहँदा बाटैमा आफ्नै छाँयासँग डर हुन्छन्।
सुरेशकुमार पाण्डे दाङ घोराही १८
















