कविताः- शत्रु

Image
Moscow - 29 Oct, 2021: Meta logo on screen of mobile phone on Facebook word background. Facebook after rebranding and changing name to Meta. Facebook is social networking. Marketing and trend concept
Nisarga Hospital
घर छेवैमा ,
CP Hospital Dhangadhi
मेराे एउटा शत्रु छ जाे मलाई
हरबखत नियाली राख्छ।
nawajiwan
मेराे पाईला पाईला गनि
हमेशा ढल्कि हिड्छ बस्छ।।
म उसलाई ठुलो सम्झिन्छु
तर उ मलाई धुलाे सम्झिन्छ ।।
उसलाई मेराे उज्यालो मुख मन पर्दैन
मेराे घरकाे दियालाे , धुप मन पर्दैन
उसलाई मेरा प्रगति भारी लाग्छन्
मेराे सफलताले उसकाे आँखामा झरी आउँछ
मेराे घर फुटेकाे,
नाता सम्बन्ध टुटेकाे ,
अरुले मलाई लुटेकाे,
हेर्न उसलाई खुबै रहर छ ।
उसका नशा नशा रगतमा
मेरा लागि अलग्गै जहर छ।।
उ मलाई सधैं घृणा गर्छ
म उस बाट सधैं प्रेणा लिन्छु।।
उसलाई ,
मेराे घरकाे छानाेमा चरा बसेकाे पनि
Attariya Hospital
मन पर्दैन ।
टाढैबाट भए पनि हाहा.. हुहु.. गर्दै चरा
भगाउन छाेड्दैन ।।
मेराे घर आगन सजिएको मन पर्दैन
टाढैबाट फुँफुँ गर्दै उडाउने प्रयास छाेड्दैन।।
म उसलाई ठुलाे सम्झिन्छु।
उ मलाई धुलाे सम्झिन्छ ।
हेर त
उसकाे एकाेहाेराे दिनरात म माथि
कस्तो पहरा छ ।
रिस डाहा ईर्ष्या घृणा नै उसकाे
अात्माकाे साहरा छ।।
म उसकाे जहिल्यै भलाे चिताउँछु
तर उ मेराे कुभलाेमा यस्तै रमाउँछ ।।
उ सधैं
आगाे , पानी र पहिराेलाई भन्छ
मेराे घरखेत, जिउँधन जलाई दे बगाई दे।
म माथि उसकाे कस्ताे गिद्दे नजर
हे इश्वर! प्याराे शत्रुलाई सत् बुद्धि दिलाई दे ।।
✍️कृष्ण सिंह धामी