कविता:- म आफै पर्याप्त छुँ !

Image
Moscow - 29 Oct, 2021: Meta logo on screen of mobile phone on Facebook word background. Facebook after rebranding and changing name to Meta. Facebook is social networking. Marketing and trend concept
Nisarga Hospital

अरुको तारिफ गरिरहनु पर्दैन,
आफ्नो हृदय बुझ्दा डर मान्नु पर्दैन ।
मायाको संसार त मुटुभित्रै छ,
त्यसैले त म आफै पर्याप्त छुँ ।

CP Hospital Dhangadhi

अरुको सहमतिले नभए पनि के भो,
आफ्नै हिम्मतले चलेको छ जिन्दगी यो ।
म छाया जस्तै आफैसंग सधैँ छुँ,
त्यसैले त म आफै पर्याप्त छुँ ।

म पनि खुला आकाशजस्तै विशाल छुँ,
म पनि धर्ती जस्तै सहनशील बलवान छुँ ।
अरुले के सोच्ला भन्ने डर छैन,
किनभने म आफै पर्याप्त छुँ ।

nawajiwan
Attariya Hospital

कसैले बुझोस या नबुझोस मलाई,
किनकी आफ्नो कथा आफै लेख्न आउँछ मलाई ।
अन्धकारमा पनि आफै दियो जस्तै बलिदिन्छु,
त्यसैले त म आफै पर्याप्त छुँ ।

जुनी–जुनीको माया उसलाई मात्र बाढ्छु,
हजारौँ सपना पनि ऊ संगै सजाउँछु ।
जीवनका भोगाइ, कठिनाइ आफैले टार्छु,
त्यसैले त म आफै पर्याप्त छुँ ।

कवि बिन्दु धामी
विद्यार्थी दार्चुला बहुमुखी क्याम्पसकि हुन

Advertize US