कविताः- सूक्ति सुधा

Image
Nisarga Hospital

उडाई देउ हॅासोमा, जस्तै पीडा भए पनि।
सुक्तैन सिन्धुको पानी,गर्मी जस्तै भए पनि।

CP Hospital Dhangadhi

न रहन्छ सधैं शोभा, ऋतुराज बसन्तको।
न बहन्छ सधैं हावा, समृद्धि सुख- भोगको ।

कालचक्र सरी घुम्छ, भाग्यचक्र पनि सधैं।
यो हो प्रकृतिको लीला,फुल्नु ओईलाउनु संगै।

nawajiwan

हुंदैन दुनियॅालाई, कुनै हर्जा कसै बिना ।
यौटा बृक्ष ढले आर्को, बृक्षमा बस्दछन् चरा।

सोचेरै मात्र पाईन्न, आफ्नो गन्तव्य निश्चित।
लक्ष्यको प्राप्तिकालागि,हिड्नै पर्छ क्रमैसंग।

उपयोग गरी हिड्छन्, सोझालाई नि बैगुनी ।
तर ती भ्रान्तिमा हुन्छन्, माया नै गर्दछन् भनी।

Attariya Hospital

न त निर्बल हो कोही, न कुनै शक्तिशाली हो।
यो हो समयको शक्ति, यसैको जीत हार हो।

ढीलो चाडो सबैलाई, दुनियॅा छाडी जानु छ।
यसैले सम्झना आफ्नो, राखेरै जानु पर्दछ ।

फूलले पनि जान्दैन, आफ्नो नियति भोगको।
पूजाको थालीमा हो वा शोभा बन्ने श्मशानको।

आफ्नै कल्मषले आफ्नो, पूर्ण बिध्वंश गर्दछ।
स्वयं फलामको खीया,फलामै नष्ट गर्दछ ।

डा. टेकराज पन्त

Advertize US