
तिनीहरूले-
भ्रष्टाचारका फाइल बन्द गरे,
हामी चुप लाग्यौं !
तिनीहरूले-
सुशासन बन्द गरे, हामी चुप लाग्यौं !
तिनीहरूले-
न्याय बन्द गरे, हामी चुप लाग्यौं ! तिनीहरूले-
सामाजिक सन्जाल बन्द गरे, हामी चुप लाग्यौं !
तिनीहरूले-
हाम्रो रोजीरोटी बन्द गरे, हामी चुप लाग्यौं !
अब तिनीहरूले-
हामीले सास फेर्ने हावा पनि बन्द गर्छन्,
हामी चुप लाग्छौँ !
त्यसपछि, हामी चुप लाग्न पनि छोड्छौं,
किनकि, त्यतिबेलासम्म-
सास फेर्न नपाएर हामी मरीसकेका हुनेछौं !

हामी मर्न तयार छौं तर,
मार्नेहरूका विरुद्धमा बोल्न तयार छैनौं !!

✍️ कवि अर्जुन पराजुली





















