
कृष्णपुरस्थित चर्चित ‘द रिभर साइड रेस्टुरेन्ट एण्ड बार’ केही समयदेखि बन्द रहेको अवस्थापछि नयाँ व्यवस्थापनसहित पुनः सञ्चालनमा आएको छ। सञ्चालक नरेश महराका अनुसार, ग्राहकलाई स्वच्छ वातावरणमा गुणस्तरीय खानपान र मनोरञ्जन सुविधा उपलब्ध गराउने उद्देश्यले रेस्टुरेन्ट पुनः सञ्चालनमा ल्याइएको हो।

रेस्टुरेन्टले नेपाली, इन्डियन र चाइनिज स्वादका परिकार उपलब्ध गराउँदै आएको छ। यहाँ ए.सी. फ्यामिली हल, सेपरेट क्याबिन तथा कोठा, हुक्का स्पेसल, २४ घण्टा बिजुली, फ्री वाइफाइ र १०० जनासम्म अटाउन सक्ने बर्थ–डे पार्टी हलको सुविधा उपलब्ध छ। साथै, रेस्टुरेन्टले २ कि.मी. वरिपरि फ्री होम डेलिभरी सेवा पनि प्रदान गर्दै आएको छ। सबै प्रकारका हार्ड र सफ्ट ड्रिङ्क्स उपलब्ध छन्।

सञ्चालक महराले ग्राहकको स्वास्थ्यलाई विशेष प्राथमिकता दिँदै स्वच्छ र सफा खानाको व्यवस्था गरिएको बताए। रेस्टुरेन्ट पुनः सञ्चालनले स्थानीय पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

स्थानीय बासिन्दा र ग्राहकहरूलाई गुणस्तरीय सेवा, स्वादिलो खाना र मनोरञ्जनको सुविधा उपलब्ध गराउने उद्देश्यले ‘द रिभर साइड रेस्टुरेन्ट एण्ड बार’ले नयाँ व्यवस्थापनसँगै आधुनिक सुविधा र ग्राहकमैत्री वातावरणको अनुभव दिने लक्ष्य राखेको छ।






























