१७ जनाको ज्यान जाने प्रहरी दमनपछि गृहमन्त्री लेखकको राजीनामा माग्दै कांग्रेस नेताकार्यकर्ताको आक्रोश

Image
Nisarga Hospital

जेनजीको विरोध प्रदर्शनमा भएको प्रहरी दमनबाट १७ जनाको ज्यान गएपछि नेपाली कांग्रेसभित्र गृहमन्त्री रमेश लेखकको तत्काल राजीनामा माग उठेको छ। दर्जनौं घाइते भएको घटनाप्रति कांग्रेसका नेता–कार्यकर्ताले गृहमन्त्रीको जिम्मेवारीमा प्रश्न उठाउँदै आक्रोश व्यक्त गरेका छन्।

CP Hospital Dhangadhi

केन्द्रीय सदस्य एवं योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. गोविन्द पोखरेलले सामाजिक सञ्जालमार्फत गृहमन्त्री लेखकको राजीनामा माग गर्दै, “यदि राजीनामा दिएनन् भने कांग्रेसले तुरुन्तै फिर्ता बोलाउनुपर्छ,” बताएका छन्।

नेविसंघकी पूर्वनेता एलिजा ढकालले गृहमन्त्रीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको तानाशाही शासनको सहयोगी भन्दै कांग्रेस तत्काल सरकारबाट बाहिरिनुपर्ने धारणा राखेकी छन्। उनले “मानिसको जीवन भन्दा भवनको पर्खाल महत्त्वपूर्ण छैन” भन्दै गृहमन्त्रीको कार्यशैलीलाई नालायकको संज्ञा दिइन्।

nawajiwan
Attariya Hospital

त्यस्तै, नेता व्रितान्त खनालले पनि कांग्रेसलाई तत्काल सरकारबाट बाहिरिन चेतावनी दिएका छन्। “यदि अझै हेरिरह्यो भने, हामी कांग्रेसमै आन्दोलन घोषणा गर्छौं,” उनले बताएका छन्।

नेविसंघका नेता धर्मराज शाहीले वर्तमान सरकारलाई अपराधीको संज्ञा दिँदै “हाम्रा बच्चालाई मार्ने अपराधीलाई माफी दिन सकिँदैन, अबको आन्दोलन हामी सबैको हुनेछ,” भन्दै पूर्ण ऐक्यबद्धतासहित सडक संघर्षमा उत्रिने चेतावनी दिएका छन्।

Advertize US