उग्र प्रदर्शनमा देउवा दम्पतीमाथि कुटपिट, सिंहदरबारदेखि संसद् भवनसम्म आगजनी

Image
Nisarga Hospital

जारी जेन-जी आन्दोलन झनै उग्र बन्दै गएपछि पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा कुटपिटमा परेका छन्।

CP Hospital Dhangadhi
Attariya Hospital

उग्र बनेका प्रदर्शनकारीहरूले सिंहदरबार र संसद् भवनमा समेत आगजनी गरेका छन्। यस्तै, विभिन्न शीर्ष नेताहरूको निवास, पार्टी कार्यालय र प्रहरी प्रभागहरूमा पनि लगातार तोडफोड र आगजनी भइरहेको छ।

स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षा बल परिचालन गरिएको भए पनि आन्दोलनकारीहरूको भीड राजधानीका विभिन्न क्षेत्रमा अझै सक्रिय रहेको जनाइएको छ।