
नेपाली सेनाले देश र जनताको जिउधनको रक्षा गर्न प्रतिबद्धता व्यक्त गर्दै वर्तमान परिस्थितिमा संयम अपनाउन अपिल गरेको छ। सेनाले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई कायम राख्न सबैमा आग्रह गरेको छ।

सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यस विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु सबैको साझा दायित्व हो। विद्यमान अवस्थालाई थप जटिल बनाउन नदिन संयमित रहन सम्पूर्ण युवा जनशक्ति र देशवासीमा हार्दिक अनुरोध गर्दछौं।”
सोमबार र मंगलबार जेन-जी प्रदर्शनकारीको क्रियाकलापका कारण २० भन्दा बढीको मृत्यु भइसकेको छ। उच्च पदस्थ नेताहरूको कार्यालय, सरकारी संरचना र राष्ट्रिय सम्पत्तिमा आगजनी तथा तोडफोड भएको छ।


यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिइसकेका छन्। नेपाली सेनाको यो अपिलले सुरक्षा, शान्ति र संरचना संरक्षणमा ध्यान दिन सबैलाई चेतावनी र मार्गदर्शन प्रदान गरेको छ।































