
प्रिय Gen-Z

तिमीहरूको साहस र बलिदान केवल भावनामा सीमित छैन,
यो देशको नयाँ अध्याय लेख्ने ऐतिहासिक मोड हो।
हामीले गर्न नसकेको कुरा, तिमीहरूले आँट र विद्रोहसहित पूरा गर्यौ।
आज तिमीहरूको रगतले कोरिएका यी पानाहरू,
भोलिका पुस्ताका लागि न्याय, समानता र उत्तरदायित्व को आधारशिला बन्नेछन्।
यो बलिदान खेर जान दिनु इतिहाससँग विश्वासघात गर्नु हुनेछ।

पिताको नजरले हेर्दा आजको सडक असह्य देखिन्छ।
निष्कपट सपना बोकेका सन्तानहरूलाई गोलीले लतपतिएको देख्दा
कसरी चीरिएका बाबुआमाले सहन सक्छन्?
आजका प्रधानमन्त्री र गृहमन्त्रीसँग प्रश्न छ
खूनको जवाफ सधैं खूनमै दिनुपर्ने हो?
गोली चलाउने आदेश कुन हातबाट आयो?
उत्तर दिनैपर्छ।
सहिद घोषणा अब नक्कली मलहम जस्तै लाग्छ।
एक शहीदको बदलामा, एउटा जिम्मेवार नेतृत्व सजाय पाउनैपर्छ।
अब सहनु हद नाघिसक्यो।
जनताको कर विकासका लागि हो,
निर्दोषको रगतमा रमाइलो गर्नका लागि होइन।

आज छोराछोरी रित्तो हात आन्दोलनमा थिए।
भोलि उनीहरू भाला–खुकुरीसहित फर्किनेछन्।
त्यतिबेला कसको शक्ति पुग्छ रोकेर बस्न?
अब कुनै दलको इज्जत बाँकी छैन।
जनताको आँखामा पीडा, रोष र घृणा मात्र भरिएको छ।
अपराधी जहाँ भेटिन्छ, त्यहीँ प्रतिरोधको आगो भड्किनेछ।
जनताको पीडा बुझ्ने, मानवताको रक्षा गर्ने
हरेक व्यक्ति सधैं आदरणीय रहनेछ।
अपराधी मात्र जनआक्रोशको लक्ष्य बन्नेछन्।
आज हृदय पोलिएको छ, रगत उम्लिएको छ।
तर सत्य र न्यायको आवाज कहिल्यै मर्दैन।
वीर सहिदहरूलाई श्रद्धाञ्जली,
र तिमीहरूको त्यागलाई सधैं स्मरण गर्ने प्रतिज्ञा।
देशलाई माया गर्ने मन शान्त छैन, अतालिएको छ।
तर विश्वास छ साना कदमहरूबाटै ठूलो परिवर्तन सम्भव छ।
आफ्नो ठाउँबाट ईमानदारी, सद्भाव र सचेतनाको प्रकाश फैलाऔं।
देश बदल्ने जिम्मा हामी सबैको काँधमा छ।
✍️🇳🇵लक्ष्मण दियाल
शिक्षक, वात्सल्य विद्या निकेतन बेलौरी कञ्चनपुर































