कविताः- आखिर हार त देशकै

Image
Nisarga Hospital

सडकमा उठ्यो ज्वालामुखी, आँसु र रगत,
जल्यो संसद् सिंहदरबार, हरायो शान्ति जगत।
आन्दोलनको स्वर थियो सत्य र न्यायकै,
तर गोली वर्षियो जनमा – आखिर हार त देशकै।

CP Hospital Dhangadhi

सरकारी कार्यालय जलाए, भवन जले,
इतिहासका कागज धुवाँमा हिउँ सरि गले।
जनताको पसिना बगाएर बनेका सम्पत्तिकै,
राख बनेर उडिहाल्यो — आखिर हार त देशकै।

मरे युवक सडकमा, आमाले खोले चित्कार,
घाइतेले खोजे उपचार, आशामा तिरस्कार।
भ्रष्टताविरुद्ध उत्रेका, न्याय खोज्ने मनकै,
शव गन्दै फर्कनु पर्‍यो — आखिर हार त देशकै।

nawajiwan
Attariya Hospital

तर यो पीडाभित्र पनि उठ्छ आशाको स्वर,
सत्य, न्याय र पवित्रता अझै बाँकी छ वरपर।
धुवाँले ढाक्छ नउड्ने आकाश, रगत भिज्छ धरतीकै,
तर भोलि फुल्नेछ उज्यालो — जित फेरि देशकै।

लेखक – शेखर भट्ट
घर – कञ्चनपुर

Advertize US