
जब तिमी अरूलाई छोड्दै जान्छौ
मौका आएपछि
अरूले तिमिलाई पर्खँदैनन्
समय रोकिन्न
तिमी कतै इतिहासको यौटा कुनामा थन्किनेछौ

अब त्यो प्रकृया शुरू भो
तिमि छोड वा बस
तिमि सुत वा ऊठ
तिमि बोल वा चुप लाग
यसले अब कसैलाई फरक पर्दैन
चुपचाप अब बाटो लाग
क्षति कम गर।
सबैको भलाई गर्छु भन्यौ
आन्दोलन गर्यौ
सत्ताको चाबी लियौ
सबैले विशवास त गरे
तर तिमिले भलाईमा काम गरेनौ
थोरैका लागि बोल्यौ
भूँईमान्छेलाई उडायौ


हिजो लोकतन्त्रको मसिहा हुन्छु भन्यौ
आज बोल्नेहरूका मुखैमा गोलि हान्यौ
हिजो बिचारको श्रोत हुँ भन्यौ
आज अरू बिचारहरूलाई दबायौ
हिजो गरिबका लागि काम गर्छु भन्यौ
आज थोरैलाई धनि बनायौ
हिजो सबैलाई समेट्छु भन्यौ
आज फरकहरूलाई खोजि खोजि निकाल्यौ
आफ्नाहरू र अरूकाहरूमा फरक गर्यौ
अब तिम्रो मिति पुगिसकेको छ।
अब सिंहासनबाट तिमि हिडेको देख्नु छ।
लेखक: प्रा. डा. बाल चन्द्र लुटेल































