सुरेश कुमारका केही उत्कृष्ठ गजलहरु

Image
Nisarga Hospital

कालो दिन जन्मायो निर्दयी सरकार गोली चलायो,
आन्दोलन उप्र घृणित गर्यो व्यबहार गोली चलायो।
जेन जीको आन्दोलन ठिक थियो वा थिएन साथि,
बुझ्नै नसकी गर्न खोजेकै हो किनार गोली चलायो।
मारिए उन्निस जना प्रदर्शनकारीहरू दिए कुर्वानी,
लुकाउन आफ्नै सरकारले भ्रष्टाचार गोली चलायो।
जेन जेको सिद्धान्दान्त् विदेशमा सात भागमा छन्,
मर्म बुझ्ने जन्मिएन यो देशमै औतार गोली चलायो।
नेपालको यो अनावश्याक गृहयुद्धले विदेशमै पनि,
फैलियो नकारत्मक गृणीत समाचार गोली चलायो।
घाइतेको उपचार गर मृतकहरूको जिम्मालेउ अब,
माफी माग तेर्छाई जनतामा औजार गोली चलायो।

CP Hospital Dhangadhi

॥१॥

मौकामा चौका हान्न खोज्नेहरू खञ्जर लुकाउछन्,
ढाक्छन् खोला बगिरहेका सहरमा बगर लुकाउछन्।
दुश्मनलाई चिन्न सजिलो छ आफ्नालाई असजिलो,
पिठ्यूँमा बार गर्नेहरू जहिलेपनि अधर लुकाउछन्।
भन्छन् केही गर्छन् केही दुई जिउरे हुन्छन् धेरैजसो,
हाम्रो अनुहार देखेपछि उनिहरूले रहर लुकाउछन्।
अंध्यारो छ जताततै तर रहिरहने छैन सधै अन्ध्यारो,
दियो जलाए पछि अंध्यारो आफै सफर लुकाउछन्।
गुनासो के गरौं कोसँग गरौँ सबै छन् यहाँ उस्ताउस्तै,
भएपनि कसैलाई डरको आफैले असर लुकाउँछन्।
बटेकाछन् सबै जगेडा त केही थोरै मात्र बचेका हौँ,
आउँन नदिई असल समाचार त्यो खबर लुकाउछन्।

nawajiwan

॥२॥

अन्यायको बिरोध गर्ने रहर बनाए हुन्थ्यो,
खुब सुन्दर यो गाउँ र नगर बनाए हुन्थ्यो।
फुलैफूलको बगैचामा चिसो पवन चल्दा,
भमरा दोषमुक्त त्यो नजर बनाए हुन्थ्यो।
पत्थरलाई भगवान बनाउन खोज्नेहरू,
पत्थरलाई साँच्चाई पत्थर बनाए हुन्थ्यो।
सिकाउँछन् कला गहुथलीलेहरूले पनि,
लिएर शिक्षा आफ्नो घर बनाए हुन्थ्यो।
कायरहरू विवेकसिल हुन कहाँ रूचाए,
जीवन शंघर्षलाई हमसफर बनाए हुन्थ्यो।
कतिसम्म अनुदान र ऋणको बलमा बाचौँ,
अब आफ्नै देश आत्मनीर्भर बनाए हुन्थ्यो।

Attariya Hospital

॥३॥

जिउदा समेत लाश जस्तै उपहास बनेर जिएका,
यी मन्त्रीहरू पनि विदेशीका दाश बनेर जिएका।
कसै कसैमा मात्र हुन्छ विदेशी सङ्ग लड्ने सहास,
धेरैजसो हुन्छन् दलालि गर्दै खास बनेर जिएका।
धेरै श्रमजिवीले खाडिबाट देशको कथा लेख्छन्,
कतै देख्दैन उनिहरू जिउंदा लाश बनेर जिएका।
बरू देशमा जसलाई छान्यो देशको रक्षेक भनी,
उनै भेटिन्छन् यो देशभित्र तमास बनेर जिएका।
कुनै एउटा घाउछैन विदेशीले दिएको देशलाई,
कयौ त भेटिन्छन् फोहोरको रास बनेर जिएको।

॥४॥

व्यवहार मिलेपछि त आफ्नोपन लागेको हुन्छ,
मुर्झाएको बगैचा पनि सधैँ चमन लागेको हुन्छ।
आत्मबिस्वास भए कतै सङ्का हुनुहुँदैन साथि
देशभक्तले बाँधेको टालो कफन लागेको हुन्छ।
आउँछ त्यो दिन मानिस मानिसकै काम लाग्ला,
आज जसलाई सबथोक यो धन लागेको हुन्छ।
एक्लो आवाज भित्तामा ठोकिएर फर्किँदा यहाँ,
मलाई त बलियो माध्यम संगठन लागेको हुन्छ।
सम्मान त उसैलाई गर्दछन् आउँछ कहिले कसो,
उस्लाई कसले सोध्छ जो दनादन लागेको हुन्छ।
सुरेशकुमार पाण्डे दाङ घोराही १८

Advertize US