देश जलिरहेको बेला टुलुटुलु हेरि बसिरहेको म

Image
Nisarga Hospital

शासक हरुको रिसले सिंहदरबार जलाउदै हिडेको म,
न्याय माग्दै न्यायालयलाई नै जलाउदै हिडेको म ,
भ्रष्टाचार मौलायो भनिकन अख्तियार जलाउदै हिडेको म ,
देश जलिरहेको बेला टुलुटुलु हेरि बसिरहेको  म,

CP Hospital Dhangadhi

कारागार घेेर्दै कैदिलाई नै छुटाउदै हिडेको म ,
पुलिसको बन्दुक खोसी आफेै काँधमा राखी हिडेको म,
आफ्नै करले जोडेको सम्पतिलाई नै नष्ट गर्न हिडेको म,
देश जलिरहेको बेला टुलुटुलु हेरि बसिरहेको  म,

हिजो सम्म कुनै दलको कार्यकर्ता भएको म ,
आज कसैको बदला लिन आन्दोलनमा होमिएको म,
गाँउका बुढापाकाले, को ले यस्तो गर्यो बाबू ? भन्दा उत्तर दिन नसकेको म ,
देश जलिरहेको बेला टुलुटुलु हेरि बसिरहेको  म,

nawajiwan
Attariya Hospital

देश डुबिरहेको बेला मौन प्रार्थना गरिरहेको म,
अन्याय बढ्दा पनि न्यायको गीत भुलिरहेको म,
रगत बग्दा पनि फूलको सपनामा रमाइरहेको म,
देश जलिरहेको बेला टुलुटुलु हेरि बसिरहेको  म,

दिपेन्द्र पन्त