राष्ट्रपति पौडेलको अपिल : शान्ति, संवैधानिक निकास र संयमता आवश्यक

Image
Nisarga Hospital

देशको वर्तमान अस्थिर र विषम परिस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलले एक विज्ञप्ति जारी गर्दै मुलुकलाई संवैधानिक दायराभित्रै रहेर निकास दिन प्रयास भइरहेको बताएका छन्। उनले लोकतन्त्रको संरक्षण र मुलुकमा शान्ति–सुव्यवस्था कायम गर्न आवश्यक छलफल तथा प्रयास भइरहेको जानकारी दिएका छन्।

CP Hospital Dhangadhi

आन्दोलनकारी नागरिकहरूले उठाएका मागलाई सम्बोधन गर्न सरकार र सम्बद्ध निकाय गम्भीर रूपमा जुटिरहेको उल्लेख गर्दै उनले समस्याको छिटो समाधान निकाल्न काम भइरहेको बताएका छन्। राष्ट्रपति पौडेलले आन्दोलनरत पक्षलाई संयमता अपनाउन र हिंसात्मक गतिविधि नगर्न आग्रह गर्दै, शान्तिपूर्ण संवादमार्फत समाधान खोज्नु सबैको दायित्व रहेको बताएका छन्।

Attariya Hospital

उनले नागरिक, राजनीतिक दल, सुरक्षा निकाय र सबै सरोकारवालालाई लोकतान्त्रिक मूल्य र संवैधानिक प्रक्रियाप्रति आस्था राखी मुलुकमा स्थायित्व कायम गर्न सहयोग गर्न आह्वान गरेका छन्। पौडेलले मुलुकलाई अशान्ति र अराजकताबाट जोगाउन सबै एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता दोहोर्याएका छन्।

nawajiwan
Advertize US