
त्याे आन्दोलन जसकाे नेतृत्व बिनै भएको ज्वारभाटा
अलमलले भरिपूर्ण बिषाक्त दिशाहिन मलिन जटा
वसन्तमा पलाउनै नदिने बिचल्लीमा पार्ने हुल्लडवाज
गर्नुपर्ने थियोे भनी उक्काउने जमात भावविह्वल समाज।

मुहारपुस्तिकाबाट छिन छिनका अट्टहासयुक्त उपाय
आफ्नै ठेगान बिहिन फलाक्छन बहिरंगी थरी देहाय
लक्ष्य बिहिन तर सफल ध्वंसात्मक आँधी बेहरी पारा
निर्दाेषलाई सहादत भिराए दाेषीलाई वाह दिने सारा।
न कसैले केही पाए सबथोक गुमायाे स्वर्ग सरि देशले
उही उपल्लोकाे शासन सामान्यले गर्नैपर्ने श्रमिककाे भेषले
गर्ने एक रमाउने सुकिला मुकिला गरिवका उही दिन दशा
लक्ष्य बिहिन भीडले ताेक्नै गार्हाे आफै लड्ने दिग्विजय नशा।


पराइँ षड्यन्त्रले उठ्नै नसक्ने हरेक अन्तरालमै नासिने आमा
मारिने गरिवै हुन् रगत उम्लेर जानेकाे झनै दुर्गतियुक्त जामा
सबै स्वाहा पार्ने नेतृत्व चाहार्ने दिनानुदिन दाेहन गर्ने पिपासु
रैती रुवाइ राष्ट्र फेर्छु भनी देखाउने जमातका अनेकौं जिज्ञासु।
कवि: डा. मान बहादुर जोरा
धनगढी कैलाली।



















