अन्तरिम सरकारको पहिलो महिला नेतृत्वमा सुशीला कार्की: महिला शक्ति र लोकतन्त्रको प्रतीक

Image
Nisarga Hospital

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति भएपछि नेपालले पहिलो महिला नेतृत्व पाएको छ। राष्ट्रपति कार्यालयमा शुक्रबार साँझ भएको सहमतिसँगै कार्कीले आजै शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ। यससँगै उनी देशको पहिलो महिला सरकार प्रमुख बनेकी छन्।

CP Hospital Dhangadhi

कार्कीले न्यायपालिकामा पहिलो महिला प्रधानन्यायाधीश बनेर इतिहास रचेकी थिइन्। प्रधानन्यायाधीशबाट अवकाशको करिब आठ वर्षपछि कार्यपालिकाको नेतृत्व गर्ने पहिलो महिला बन्ने इतिहास पनि उनले स्थापित गरेकी हुन्। न्यायपालिकामा रहँदा हक्की, इमान्दार र निस्पक्ष स्वभावका कारण उनी चर्चित भएकी थिइन्।

यो नियुक्ति पछिल्लो राजनीतिक घटनाक्रमसँग प्रत्यक्ष सम्बन्धित छ। सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीको आन्दोलनले देशका तीनवटै अंग अस्थिर बनाइदिएका थिए। त्यसै क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए।

nawajiwan
Attariya Hospital

प्रधानमन्त्रीको राजीनामापछि प्रधानसेनापतिसमेतको सहभागीतामा राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाएका थिए।

कार्कीले अन्तरिम सरकारको नेतृत्वमार्फत जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्ने, शान्ति कायम राख्ने र आगामी निर्वाचनपछि नयाँ जनप्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्ने भूमिका निर्वाह गर्नेछिन्। यससँगै उनी देशको राजनीतिक स्थायित्व र लोकतन्त्रको संरक्षकको रूपमा इतिहासमा रहनेछिन्।