जेनजी युवाको विरोध : गृहमन्त्रीमा अर्याल नियुक्तिप्रति असन्तुष्टि

Image
Nisarga Hospital

प्रधानमन्त्री सुशीला कार्कीले अधिवक्ता ओमप्रकाश अर्याललाई अन्तरिम सरकारको कानुन तथा गृहमन्त्रीको रूपमा शपथ गराउने तयारी गरेपछि जेनजी युवाहरू आन्दोलित बनेका छन्। उनीहरूले आन्दोलनको नेतृत्व गरेका युवालाई पन्छाएर अर्याललाई जिम्मेवारी दिनु अन्याय भएको बताएका छन्।

CP Hospital Dhangadhi

केही युवाले सुजन गुरुङलाई गृहमन्त्री बनाउनुपर्ने अडान राखेका छन् भने अन्यले गुरुङकै कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै वैकल्पिक युवा प्रतिनिधिलाई मन्त्री बनाउनुपर्ने माग अघि सारेका छन्।

Attariya Hospital

बालुवाटारमा भएको प्रदर्शनमा सहभागी युवाहरूले प्रधानमन्त्रीलाई चेतावनी दिँदै आन्दोलनकै सफलताबाट उदाएका सहजकर्तालाई गृहमन्त्री बनाउन खोज्नु जनभावनाविपरीत रहेको दाबी गरे। सरकार र जेनजीबीचको यो विवादले मन्त्रिपरिषद् गठनलाई थप पेचिलो बनाएको छ।

nawajiwan