सुरेश कुमारका केही आकर्षक गजलहरु

Image
Nisarga Hospital

बिना पार्टीको यहाँ निर्दलिय सरकार हुनेगर्छ,
जस्तै गनतव्य बिना जीवनकै रफ्तार हुनेगर्छ।
यो बहुदल पनि त जनान्दोलनले ल्याएको हो,
अचेल तानाशाह होइन स्वतन्त्र बिचार हुनेगर्छ।
कयौँ वर्ष जेल नेल भयो अमूल्य समय गुमायो,
खै इमान्दारहरूलाई किन यस्तै उपहार हुनेगर्छ।
धान खायो मूसाले उस्तै चोट पायो भ्यगुताले,
हाम्रो समाजमा यस्तो किन बारमबार हुनेगर्छ।
बनेको भत्काउन सजिलो हुन्छ बनाउन भन्दा,
मेर दुश्मन पनि कसैको लागि औतार हुनेगर्छ।
म मानिस पातिले बारेको बुकुरामा जन्मिएको,
हिसा नागर मेरा लागि त्यो पनि दरबार हुनेगर्छ।

CP Hospital Dhangadhi

॥१॥

कुनै तानाशाह मुटुमा किलो बनेपछि
जुर्मुराउछन् जनता अग्तिलो बनेपछि।
हरकसैलाई आफ्नै सरिर हुन्छ प्यारो,
तर पनि निचोर्नै पर्छ पिलो बनेपछि।
मतलबी छ समाज पैसाको मात उस्तै,
बा आमानै छाड्छन् बोजिलो बनेपछि।
हावा र पानी बिना जिउन सकिन्न कुनै,
सोंच्नैपर्ने हुन्छ पानी धमिलो बनेपछि।
फलामले फलाम अवश्य काट्छ साथि
फलाम त्यही प्रकार धारिलो बनेपछि।
सरकारलाई संवैधानिक बनाउन सिकौं,
हिंड्न गारैहोला बाटोमा हिलो बनेपछि।

nawajiwan

॥२॥

Attariya Hospital

देश डुब्न थाल्यो देशभक्तको कदर नहुदा,
नेताहरूलाई आफ्नो देशको खबर नहुदा।
उठिबास भयो युवाशक्ति भए देश बिहिन,
विकास शुन्य छ देश बनाउँने रहर नहुदा।
स्वर्ग तुल्य हिमाल पहाड तराई छ नेपाल,
खोलाले बस्ती खोज्छ बाटो बगर नहुदा।
बोकेर झोला बालख देखी वृद्धासम्म गए,
उपहासको श्रोत बने आत्मानिर्भर नहुदा।
नेता र जनताको मित्रताले देश बन्छ सधैँ,
अराजक फैलियो कसैलाई पनि डर नहुदा

॥३॥

जहिले पनि देशभित्र भ्रष्टाचारको रास हुनेगर्छ,
नागरिकहरूको आन्दोलन यहाँ खास हुनेगर्छ।
सधैँभरी देशको हितका लागि आन्दोलन भयो,
देशभक्तको ज्यान गयो त्येसैमा तमास हुनेगर्छ।
जसले निस्वार्थ काम गर्छ देश जनताका लागि,
साँच्चै भन्नुप्रदा अचेल उसैको उपहास हुनेगर्छ।
सात साल, सत्र साल,छत्तिस ,छयालिस सालमै,
हेर्दै आएका छौँ गनतव्य पनि वाइपास हुनेगर्छ।
आठ साल देखि विद्रोह न भएका होइनन् यहाँ,
मुट्ठीभरको स्वार्थमा राष्ट्रियताको नास हुनेगर्छ।
राष्ट्रियताका नारा त दलाल लुकाउने छाता भयो,
देशको सत्यनास देशभक्तको उठिवास हुनेगर्छ।
सुरेशकुमार पाण्डे दाङ घोराही १८

Advertize US