गुलामीको खोप

Image
Nisarga Hospital

गुलामीको खोप लगाईएकाहरुको दिमाग नै दाश छ!

CP Hospital Dhangadhi

लगभग सबैलाई देश बद्लेको देख्न मन छ,
लगभग सबैलाई यो देश सप्रेको देख्न मन छ,
तर,
कतीलाई अझै पनि, आफ्नो व्यापार जोगाउनु छ,
कतिलाई अझै पनि, आफ्नो सम्बन्ध/व्यवहार जोगाउनु छ,
के भो! मरे त मरे, अर्काका सन्तान पो मरे,
यस घडीमा पनि,
कैयौं मुटुहीन काँतरहरुलाई आफू र आआफ्नो परिवार जोगाउनु छ!

कतीलाई अझै पनि, ‘भोली, झर्ला र खाउँला’ भन्ने आश छ,
कतीलाई ऐले चुप लागे भोली, बक्सिस पाउला भन्ने आश छ!
बोल्न त हुन्थ्यो,
तर, गुलामीको खोप लगाइएकाहरुको साला दिमाग नै दाश छ,
सास त चल्छ, तर, काला मुटु नै लाश छ!

nawajiwan

जसरी एकैपटकमा एकै ठाउँमा दिन र रात भई दिन सम्भव नै छैन,
ठीक त्यसरी नै,
अँध्यारा र कायर सोचहरुले अझै पनि उज्यालो देश जन्मिन सम्भव छैन!

तर, यसै बीच एक रोचक कुरा भएको देख्छु,
भ्रष्टहरु जैले पनि गजबले एक बनेको देख्छु :
भट्टीमा, चोकमा, पोस्ट र कमेन्टमा, सडक र सदनमा,
जहाँसुकै एक बनेको देख्छु,
र,
तामामले जस्लाई असल (नेक) भनेको देख्छु,
तिनीहरुलाई जैले नी’ आआफ्नै जुंगाका रौँ गन्न मै ब्यस्त देख्छु,
र, मच्ची मच्ची ‘अर्को भन्दा म नै राम्रो’ भन्न मैं व्यस्त देख्छु,
अर्को राम्रोलाई गिराउन खाल्डो खनेकै देख्छु,
र, कालान्तरमा उ आफै पनि त्यै खाल्डोमा परेकै देख्छु,
जस्ले जे भन्नुहोस,
अब त, म प्रस्ट देख्छु,
म यस्तालाई अरुभन्दा बढी भ्रष्ट देख्छु!

नोट:
एकआध बर्ष अघिको तस्बिर यस पोस्टमा राखेको छु।

Attariya Hospital

यस पोस्टमा राखिएको तस्बिरमा लेखिएको कुरा भएको प्रोफाइल पिक्चर मैले भ्रष्ट नेता/पार्टीहरु विरुद्धको एक शालीन अभियानका तवरले एकआध बर्षअघि मेरो प्रोफाइलमा लेखेर राखेको थिएँ। दुर्भाग्यबस, सरकारले साँच्चै अझै पनि निर्दोष जनतालाई बाजले चल्लाहरु मारे जसरी मार्यो! उसो त, त्यस सरकार या ती पार्टीहरुद्वारा निर्मित सरकारहरूले लगातार पछिल्ला केही दशकहरुदेखि प्रत्यक्ष अप्रत्यक्ष यस्तै गर्दै आएकाले त्यसो सोच्न/लेख्न बाध्य भएको थिएँ म र तमाम अरु आम जनताहरु पनि।

यी नेता/पार्टीहरुले हजारौँ निर्दोषहरुको बली चढाई सकेका छन, मात्रै आफ्नो र, आफ्नो परिवार र थोरै आसेपासे झोलेहरुको लाभका लागि!!! अब त, ब्यक्ति, प्रवृति, पार्टीहरु चीन, यार नेपाली जनताहरू; यस्तो त काल्पनिक नर्कमा पनि हुँदैन होला।

मेरो प्रोफाइल पिक्चरमा लेखिएको कुरा यस्तो थियो : “मलाई निकै सन्तुष्टी छ, किनभने, म कहिल्यै पनि हाम्रो देश कङ्गाल बनाउने अगुवा भ्रष्ट पार्टीहरुको/नेताहरुको सदस्य भइन र हुने पनि छैन।”

बर्तमानमा, नेपाली जनता चल्ला हुन,
हाम्रो सरकार बाज हो;
अझै पनि ,कसैले पनि “म तीनै पार्टीहरुको सदस्य हुँ” भन्नु लाज हो!

✍️ लक्ष्मण दियाल
बेलौरी, कञ्चनपुर

Advertize US