
हिड्दै छु काखी च्यापेर सपना
अस्थिर राजनीतिले देश खाेकलाे बनाएपछि ।
न घरको न घाटकाे भएको छ मुलुक
देशलाई द्राेहिहरुले मसानघाटमा पुगाएपछि ।

के गर्नु गर्व अब नेपाली भनेर
राष्टपिताकाे नाम ईतिहासमै हराएपछि ।
के बाेक्नु राष्ट्रवादीकाे भावना
चारैतिरका सिमाना छिमेकमा बिलाएपछि ।
के हिड्नु देशभक्त भनेर
स्वतन्त्रकाे नारामा गुलामीकाे झण्डा बाेकाएपछि ।
के गर्नु गाउँमा सिहंदरबार आएर
वृद्ध मात्रै बाकि युवा खाडी धपाएपछि ।
के आश पलाउनु सुशासनको
भ्रष्टाचारको बिज रोपाएपछि ।
सेवक शासक ठहरिने भाे
राष्ट्रवादी हु भन्छौं व्यक्तिवादी भएपछि
केही काम छैन काठे पुलकाे
हवाईजहाजकाे सपना देखाएपछि ।

अब अति भो
प्रजातन्त्र , राजतन्त्र , लाेकतन्त्र , गणतन्त्र ।
तन्त्रले तन भरियो
मन्त्रले मन भरियो
अलिकति नै किन नहाेस्
स्वतन्त्रले स्वाद चखाएपछि ।
सपनाको झाेला बाेकी
भिसा पासपोर्ट बनाएर
परदेशी ठहरियो कान्छो
खाडी कतार धाएपछि ।

पुरानो वचन ,
पुरानै कफन ,
पाँच वर्षमा एकचोटि
गाउँमा चुनाव आएपछि।
सत्ता छाेडि दानी भए
दुईचार हात बढाउदैमा नामि भए
गाउँमा चुनाव आएपछि ।
चुनावको चापले हाे की
प्रचारकाे राफले हाे ।
सम्भावना फेरि सजिँदै
गाउँमा चुनाव आएपछि।
लेखक : ” जसिम “
































