
२० बर्षदेखि जिउँदा मान्छे खोज्ने मेरो ईमान्दार प्रयास :
नतिजा : हात लाग्यो, मुकुण्डो नै मुकुण्डो/नकाबै नकाब;
दोहोरो चरित्रहरुको भीड :
‘कालोलाई सेतो’ र ‘सेतोलाई कालो’ भन्नेहरु,
र, ‘सेतोलाई सेतो र कालोलाई कालो’ भने जस्तो गर्नेहरु,
सुटिङ्गपछिका “शोले” फिल्मका गब्बर सिंह र जय, बिरु जस्तै मित्र,
क्या विचित्र!
यस्तै छ मेरो प्रिय बेलौरीको असली चित्र!

चाप्लुसी,कायरता,
निर्लज्जता, संकीर्णता,
विरोधाभासी प्रतिशोध,
समाज आत्मघाती सोच,
पाँच पैंसाको व्यक्तिवादी स्वार्थको गुलामी,
अर्काको हिस्साको फाईदा मैंले मात्रै पाउँ भन्ने सोच,
मेरो हिस्साको काम अर्काले गरी देओस,
मेरो हिस्साको लडाइँ, अर्काले नै लडी देओस,
मरे, अर्को मरोस,
मरे, अर्काको छोरा/छोरी मरोस,
आफ्नो भने एक मुठ्ठी श्वासको लोभ!
हाराहारी आधा लाख मान्छेहरू बीच २० बर्षदेखि,
धेरै होईन,
औंलामा गन्न सकिने जिउँदा मान्छेहरु पाउँछु कि भन्ने मेरो पनि लोभ!
हालसम्मको नतिजा :
खोदा पहाड, निकाला चुहा, ओ भी मरा हुवा!!!

के देश भर नै यस्तै हो र!?
की संसार नै यस्तै छ!?
✍️ लक्ष्मण दियाल
बेलौरी, कञ्चनपुर
🙏🙏🙏🙏🙏
(प्यारा, सरल, ईमान्दार, असल, ज्ञानी अशिक्षित, शोषित पीडित तमाम बेलौरीबासीहरु प्रती मेरो केही गुनासो छैन; यदि कसै गरी, या कुनै पनि शब्दले उहाँहरुलाई मैले चोट पुर्याएको भए मलाई अज्ञानी छोरा/दाई/भाई/साथी सम्झेर माफ गरी दिनु होला।)
































