कविताः- भ्रष्ट राजनीतिले निम्त्याएको पीडा

Image
Nisarga Hospital

आन्दोलन गरे ठाउँठाउँमा जेन जी कति कतिले
देशमा भएको भ्रष्टाचार सिध्याउने नितीले।
सो दिन बिरगती पाए वीर योद्धा जतिले
बिरको कथाले सधै रुवाउछ २३/२४ को मितीले।

CP Hospital Dhangadhi

बिरगती पाएर अमर भएका सबैले
हृदय जलाउछ त्यो दिन सहिद भएको मितीले
आन्दोलन गरे ठाउँठाउँमा जेन जी कति कतिले
देशमा भएको भ्रष्टाचार सिध्याउने नितीले।

लुके राजनेता कुन दुलो कुन सहर पसे
भेटाए जति सबै जेन् जीको चक्रबिउमा फसे।
हारगुहार गर्दा पनि कठोर हृदय बनाएका जेन जीले
आफ्नो प्रतिशोधको भावनाले जा भेटे त्यही ठोके।

nawajiwan
Attariya Hospital

नाममा मात्र सिमित बने जनताले बनाएको संविधान
लुटिइन नेपाली आमा लुटेराहरुको कालो अभियान।
देश अब कस्ले जोगाउछ जब सबै बने सत्रु समान
हिजो न्यान नपाएकाले, के पाउलान खारेज भए संविधान।

✍️राजेन्द्र सिह भण्डारी सुदूरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पसका विद्यार्थी हुन्।

# ट्रेण्डिङ