नआउ मेरो नजीक माया

Image
Nisarga Hospital

नआउ मेरो नजीक माया, मलाई के के भई रहन्छ
लुकाउ घुम्टोमा त्यो मुहार, मलाई के के भई रहन्छ।

CP Hospital Dhangadhi

यता शिशिरको उराठ बेला, त्यता मजाको बसन्त आ छ
मुसुक्क हॅासी नबोल माया, मलाई के के भई रहन्छ।

कहॅा गुलाबी गुलाबी ॲाखा, कहॅा त्यो हाती झैं मस्त चाल
त्यता तिमी लर्की लर्की हिड्छौ, यता यो पागल् भई रहन्छ।

nawajiwan

न धर्ति आकाश मिल्नसक्छन्, न मिल्न सक्छन् यी घामछाया
नदीमा जत्ति बढे नि पानी, किनार छुट्टै भई रहन्छ।

Attariya Hospital

यता यो जालिम् कडा छ दुनियॅा, त्यता तिमी मायामाया भन्छौ
म आफै पग्ली रहन्छु धेरै, गरुं म के के भई रहन्छ।

भएको पूरा छ कस्को ईच्छा, यो दुनियॅा यस्तै चली रहन्छ
यो मन् मा यौटा भई रहन्छ, र संड मा अर्कै भई रहन्छ।

डा. टेकराज पन्त
महेन्द्रनगर, कञ्चनपुर।