
नआउ मेरो नजीक माया, मलाई के के भई रहन्छ
लुकाउ घुम्टोमा त्यो मुहार, मलाई के के भई रहन्छ।

यता शिशिरको उराठ बेला, त्यता मजाको बसन्त आ छ
मुसुक्क हॅासी नबोल माया, मलाई के के भई रहन्छ।
कहॅा गुलाबी गुलाबी ॲाखा, कहॅा त्यो हाती झैं मस्त चाल
त्यता तिमी लर्की लर्की हिड्छौ, यता यो पागल् भई रहन्छ।

न धर्ति आकाश मिल्नसक्छन्, न मिल्न सक्छन् यी घामछाया
नदीमा जत्ति बढे नि पानी, किनार छुट्टै भई रहन्छ।

यता यो जालिम् कडा छ दुनियॅा, त्यता तिमी मायामाया भन्छौ
म आफै पग्ली रहन्छु धेरै, गरुं म के के भई रहन्छ।
भएको पूरा छ कस्को ईच्छा, यो दुनियॅा यस्तै चली रहन्छ
यो मन् मा यौटा भई रहन्छ, र संड मा अर्कै भई रहन्छ।
डा. टेकराज पन्त
महेन्द्रनगर, कञ्चनपुर।



























