कसरी माँनू तिम्रो संविधान ???

Image
Nisarga Hospital

मेरो देशको सनातन संस्कृति मास्ने संविधान!
देशद्रोही, भ्रष्टाचारी, बलात्कारी जघन्य अपराधीलाई समेत,
गणतन्त्र दिवशको निहुँ पारेर छाड्ने संविधान!
चुनावताका झुटो आश्वासन बाड्ने संविधान!
त्यसपछि, ‘काले काले मिलेर खाउँ भाले’ भन्दै विपरीत ध्रुब समेत गास्ने संविधान!

CP Hospital Dhangadhi

विदेशीएका नेपालीहरुको रेमिटान्स चल्ने,
तर, भोट नचल्ने संविधान!

आम जनताले सर्वाधिक रुचाएको व्यक्ति राष्ट्र प्रमुख बनेको देख्नै नपाउने संविधान!
मन नपरेको प्रतिनिधिलाई ‘मन पर्दैन’ भन्नै नपाउने संविधान!
गल्ती गर्ने जनप्रतिनिधिलाई फिर्ता बोलाउनै नपाईने संविधान!

nawajiwan

गाडी चलाउन शैक्षिक योग्यता चाहिने,
तर, देश चलाउन शैक्षिक योग्यज्ञता र सम्बन्धित क्षेत्रको बिज्ञता नै नचाहिने संविधान!

कार्यकर्ता भर्ती केन्द्र बनाउन दुनियाँसँग भिक मागेर,
सेतो हात्ती (प्रदेश सरकार)पाल्ने संविधान!
नेता, कार्यकर्ता व्यवस्थापन गर्न कै लागि अनावश्यक बढी सांसद, मन्त्री पद बाड्ने संविधान!

स्थानीय तहमा पार्टीहरुको अनावश्यक बोलबाला र हस्तक्षेप हुन दिने संविधान!

Attariya Hospital

कोही बाहुन क्षेत्री भएकै कारण आरक्षण र कोटाको अन्यायमा पर्नु पर्ने संविधान(गरिबी,असक्षमता या क्षमताको कुरै नगर्ने संविधान)!
शिल्पी/बैज्ञानिक/कलाकार समुदायलाई बारम्बार ‘दलित दलित’ भन्दै अपहेलनासाथ थप कमजोर बनाउने संविधान!
अन्य आरक्षित समुदायलाई पनि जरो बलियो बनाउने होईन, पात पातमा भिटामिन छर्कने संविधान!

समानुपातिकको अनावश्यक बोझ, दुरुपयोग लुटै लुट भएको संविधान!
विद्यालय, कलेज, न्यायलय, स्वास्थ्य क्षेत्र जहाँ सुकै फोहोरी राजनीति छुट भएको संविधान!
न्यायलय र अक्तियार दुरुपयोग अनुसन्धान आयोगमा आफ्नै भ्रष्ट मान्छे मात्रै पुर्याउन मद्धत गर्ने संविधान!
सधैँ चोरलाई चौतारो र साधुलाई शुली चढाउन मद्दत गर्ने संविधान!

हो, यी सबैकुरा संशोधन त गर्न दिने संविधान!
तर, तथानाम जालझेल गरेर, र जति पनि पार्टी खोल्न दिएर,
उक्त संविधान संशाेधन गर्न चाहने असल ब्यक्तिलाई नेतै बन्न नदिने र असल पार्टीहरुको दुई तिहाई कहिल्यै पुग्नै नदिने संविधान!

कसरी मानूँ, तिम्रो संविधान?

✍️ लक्ष्मण दियाल
बेलौरी, कञ्चनपुर

Advertize US